सल्यानमा फोर्स गाडी दुर्घटना हुदा १८ घाईते

पौष २४, सल्यान
सुर्खेतबाट जाजरकोट जादै गरेको काक्रेबिहारको भे १ ख २५७३ नम्बरकोे फोर्स गाडी सल्यान बन्गाड नगरपालिकाको बालुवा संग्रहीमा दुर्घटना हुदा १८ जना घाईते भएका छन ।
घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरी गंगा नपा छिन्चुका वर्ष ३५ प्रकाश शर्मा, सुर्खेत भेरी गगा नपा ९ जरेको वर्ष ४९ का शान्त कुमार तिरुवा, शस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिनपा १२ का वर्ष ३० होम पंगाली , सल्यान बनगाड कुपिण्डे नगा १ का वर्ष १३ का अनिश बिस्वकर्मा, जाजरकोट छेडागाड नपा ९ जाजरकोट वर्ष २१ कि भगवती उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । समान्य घाइतेहरुमा सह चालक जाजरकोट छेडागाड नपा १ को वर्ष २१ को गोपाल वडा जाजरकोट सल्ल्माको वर्ष ४० का पदम रावत, आरमी ज्वालादल गण बेश क्याम्प लमजुङका वर्ष २६ पुर्ण ब सुनार, काठमाडौ अन्दाजी वर्ष ६२ का रजनी श्रेष्ठ , काठमाडौ वर्ष ६२ अनिशा मान्नधर, सल्यान बनगाड कुपिण्डे नपा १ का वर्ष १५ का संदेश पुन ,सल्यान बनगाड कुपिण्डे नपा ३ का वर्ष ४५का वडा सदस्य भिम बहादुर बुढाथोकी, सल्यान शारदा श्रीनगरका वर्ष ५१ का भुम ब बुढाथोकी ,सल्यान शारदा नपा श्रीनगरका वर्ष ५१ का गौतम बुढाथोकी , बनगाड कुपिण्डे नपा १ वर्ष ४० का गगा बिश्वकर्मा, जाजरकोट कुसेगाउपालिका ५ वर्ष २५ दल बहादुर रोका, रसुवा जिल्ला वर्ष २९ कि मालती आचार्य, रुकुम चौरजाहारी नपा ४ वर्ष ३१ को बिजय दर्लामी लगाएत छन् ।

घाइतेहरु लाई इलाका प्रहरी कार्यालय सल्लीबजारमा रहेको प्रहरी संगै स्थानियले तत्काल उद्धारगरि उपचारको लागि नेपालगन्ज पठाएका थिए ।चालक सहित ६ महिला २ वालक र १० जना पुरुष रहेका थिए । तिब्र गतीका कारण दुर्घटना भए जस्तो देखिए पनि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस