सल्यानको सुन्तला (फोटो फिचर)

दियो अनलाइन
२४ पौष, सल्यान
सल्यान जिल्लाकोे बागचौर नगरपालिका वडा नं. ८ र ९ मा पर्ने कोटमौला सुन्तला उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।
गतवर्ष मात्रै यो क्षेत्रबाट २० करोडको सुन्तला निर्यात भयो । यो वर्ष अझै वढि रकमको सुन्तला निर्यात हुने अपेक्षा गरिएको छ ।
यहाँको कृषकहरु सुन्तलाको राम्रो बजार र माग भएकाले व्यवसायिक सुन्तला खेती तर्फ आकर्षित भएका छन ।
सुन्तलाको ग्रेड अनुसार प्रतिकिलो ६० देखि ७५ रुपैयाका दरले व्यापारीहरु बारिमै सुन्तला किन्न आउने गर्दछन ।
स्वादका दुष्टिले सल्यानको सुन्तला निकै राम्रो मानिन्छ ।
यहाँको सुन्तला कैलाली, नेपालगञ्ज, पोखरा, काठमाण्डौ, बुटवल, चितवन लगायत देशका विभिन्न ठाँउहरुमा पुग्ने गरेको छ ।

तस्विरमा सुन्तला

प्रतिक्रिया दिनुहोस