सल्यान हुदै जानुस रारा, पुग्नसाथ थकान मेटिन्छ । ( फोटो फिचर)

दियो अनलाइन

पौष १८, सल्यान

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित सुन्दर रारा ताल पछिल्नो समय पर्यटकको लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।
सिजनमा दैनिक सयौ पर्यटक यो क्षेत्रमा घुम्न आउने गर्दछन ।
यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ  ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् ।रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ ।

कोहलपुर हुदै सुर्खेत सडक खण्ड वा दाङ बाट सल्यान, श्रीनगर, खलंगा, कुपिण्डेताल, छिन्चु सुर्खेत हुदै रारा पुग्न सकिन्छ ।

कर्णालीको प्रवेशद्वार सुर्खेत र सल्यानबाट  सडकमार्ग प्रयोग गरि  एक दिन विचमा बास बसेर अर्को दिन रारा पुग्न सकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।
गाडी मोटरबाट सुर्खेतको तल्नो डुंगेश्वर, राकाम, कालिकोट, सिंजा, नाग्मा हुदै रारा नजिकको सल्लेरीमा पुग्न सकिन्छ । सल्लेरीमा बास बस्नकालागि केही होटलहरु संचालनमा रहेका छन ।

रारा पुगेर मार्सी धानको भात, च्याङराको मासु, फापडको रोटीको अर्गानिक स्वाद लिन सकिन्छ ।
सल्लेरीबाट घोडामा सवार गरेर वा पैदल हिडेर एक घण्टा जतिमा राराको किनार पुग्न सकिन्छ ।
रारा ताल नजिकै सुविधासम्पन्न होटल तथा होमस्टे संचालनमा रहेका छन ।
प्रकृतिको सुन्दर छटा र राराको लोभलाग्दो दृष्य आखामा पर्न साथ यात्राको थकान मेटिन्छ ।

हेर्नुहोस तस्विरमा सुन्दर रारा

ताल पग्नसाथ देखिने किनार सहित तालको तस्विर

ताल किनार बाट पल्नोपट्टी रहेको होटल सम्म पुग्न डुङगा प्रयोग गर्दै पर्यटक, पल्नो किनारमा पुग्न डुङगाबाट ४५ मिनेट जति लाग्छ ।

ताल किनार हुदै हिडेर होटल पुग्दा देखिने दृष्य

राराको कन्चन पानी विहानको समयमा

रारामा बादलले लुकामारी खेल्दै

 

विभिन्न बनस्पति, बुट्यानले घेरीएको रारा दिउसोको समयमा

अपरान्हको समयमा यस्तो देखिन्छ रारा

सन्ध्याकालिन समयमा देखिने रारा 

अहिले रारामा हिउको कारण जान असहज भएपनि फागुन देखि मंसिर सम्म यो क्षेत्रमा पुग्न निकै सहज हुन्छ । सांचिक्कै नेपाल भ्रमण  वर्ष 2020 को   सेरोफेरोमा तपाइलाई रारा पर्खेर बसेको छ ।
प्राकृतिक सुन्दरताका प्रेमीहरु एक पटक अवस्य रारा पुग्नुहोस ।
तपाईलाई बारबार जाउजाउ लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस