बागचौर नगरपालिकाले गर्याे भ्रमण बर्ष २०२० को उद्घाटन सुन्तलाको पकट क्षेत्र कोटमौलाबाट

सल्यान १७ पौष

बागचौर नगरपालिकाले भ्रमण बर्ष २०२० को उद्घाटन सुन्तलाको पकट क्षेत्रबाट गरेको छ । कृषि र पर्यटनलाई जोडेर सुरुवात गरेको भ्रमण बर्ष २०२० को उद्घाटन गर्द्वै बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले,समृद्ध नगर निर्माणको एउटा जग भ्रमण बर्ष हुन सक्ने बताएका छ्न । जिल्लामै सुन्तलाको पकट क्षेत्र मानिने बागचौर नगरपालिका वडा नं.८ र ९ लाई समेटेर आयोजना गरेको भ्रमण बर्ष २०२० को पहिलो दिन, वडा नं ८ कोट्मौला र वडा नं.९ को खोरबारेमा उद्घाटन गर्द्वै नगर भित्रका सम्पुर्ण धार्मिक,पर्यटकीय स्थल एवं कृषि क्षेत्रलाई समेटेर भ्रमण बर्ष २०२० लाई भब्य रुपले सफल पार्ने बताएका हुन ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले भ्रमण बर्षकै अवसर पारी बागचौर नगरपालिकाले वडा नं.८ र ९ मा उत्पादन हुने सुन्तला,वडा नं.११,१२ र ४ मा उत्पादन हुने आलु खेतीलाई कसरी ब्यवसायीमुखी गराउन सक्किन्छ भन्ने बारे,वडा नं.२मा रहेको नेपाल भरिका डाँगी जातिको उद्घगम थलो अग्लाटाकुरा भ्युटावर, वडा नं.६ मा रहेको,नेपाल भरिका वलि जातिको उद्गगम थलो हिमचौर मन्दिर,वडा नं.१० को मोख्ला शिव गुफा मन्दिर लगाएतका स्थानहरुमा बिभिन्न कार्यक्रमहरु गर्ने पनि बताएका छ्न । नगर प्रमुख बुढाथोकीले,सल्यान जिल्लाको बागचौर नगरपालिका बिभिन्न संभावनाहरु बोकेको नगरपालिका भएकाले यसलाई बिकास गर्न सबैको साथ सहयोग चाहिने बताए । कार्यक्रम का बिशिस्ट अतिथि बागचौर नगरपालिका उप प्रमुख कल्पना पुनले भ्रमण बर्ष २०२० लाई भब्यताका साथ सफल पार्न आफुहरु लागी पर्ने बताएकी छिन । उनले भ्रमण बर्ष २०२० महत्त्व जनतालाई बुझाउन समेत आफुहरु लागी पर्ने बताएकी हुन ।कार्यक्रमका अर्का अतिथि नेकपाका कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगीले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष,भ्रमण बर्ष २०२० लाई कृषि तथा पर्यटन क्षेत्र संग जोडेर अगाडि बढे पुरा हुने बताए ।कृषि प्रधान देशमा कृषकले उत्पादन गरेको बस्तुले मुल्य नपाउनु,पर्यटकीय सम्पदाहरुले पहिचान नपाउनुले देशले भने जतीको मात्रामा बिकासको गति पाउन नसकेको उनले बताए ।

बगचौर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन चन्दको अध्यक्षता वडा नं.८ का वडा अध्यक्ष रोमु शाहीको सहजीकरणमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा,बागचौर नगरपालिका कार्यपालिका परिवार,कर्मचारी,बुद्धिजिवि,समाज सेवि,शिक्षक,पत्रकार,नागरिक समाज,किसान लगाएत सर्वसाधारण सबैको उपस्थिति रहेको थियो । घुम्न आएका अतिथिको सम्मान,भ्रमण बर्ष २०२० को साझा आह्वान भन्ने मुलनारा सहित बागचौर नगरपालिकाले,भ्रमण बर्ष २०२० अंकित स्ट्रीकर हरुको तयार पारेको छ।ति स्ट्रीकरहरु सार्वजनिक यातायातका साधन,लगाएका स्थानहरुमा टासिंने नगरप्रमुख बुढाथोकी ले बताए ।

किसान संग नगर प्रमुखले गरे अन्तरक्रिया कार्यक्रम

भ्रमण बर्ष २०२० को अवसरमा, बागचौर नगरपालिकाले बागचौर नगरपालिका वडा नं.८ र ९ का सुन्तला किसानहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बिगत लामोसमय देखी राजनीति गर्द्वै आएका नेकपाका कर्णाली प्रदेश सदस्य तथा वडा नं. ९ का सुन्तला किसान लोक बहादुर डाँगी,बागचौर नगरपालिका शिक्षा शाखाका कर्मचारी तथा सुन्तला कृर्षक बिरेन्द्र प्रकाश डिसी,शिक्षक तथा सुन्तला कृर्षकहरु,तिलक बहादुर वली,कृष्ण वली,वडा नं.८ का अगुवा कृर्षक भरतनाथ योगी,ध्वजबहादुर चन्द लगाएतका दर्जन बढी कृर्षकहरुले,पछिल्लो समय सो क्षेत्रका सुन्तलाका बोटहरुमा रोगको संक्रमण देखिनु,किसानले उत्पादन गरेका सुन्तलाले एकद्वार प्रणाली बाट मुल्य नपाउनु,बजार प्रवर्द्धनको समस्या,सिचाइ समस्या,अनुदानमा किसानहरुले खाद्यमल नपाउनु,सडकको स्तर उन्नति र सितलहरको समस्या रहेको बताएका थिय ।
उनिहरुले कोटमौलाको सुन्तला खेतिलाई ब्यवस्थित गर्न सके नगरको आर्थिक स्थितिमा समेत सुधार हुने बताएका हुन ।

सुन्तला किसानको जिज्ञासामा बागचौर नगरपालिकाका नगर प्रमुख बुढाथोकीले नगर भित्रका सम्पुर्ण किसानको सुन्तला खेतिमा लागेको रोगको पहिचान, गर्नको लागी,बागचौर नगरपालिकाको आर्थिक सहयोगमा विशेषज्ञ टोली कहाँ लगेर सुन्तलाको बोटको ल्याब परिक्षण गराउने प्रतिबद्धता गरेका थिए ।
सडकको स्तर उन्नति,किसानलाई खाद्यमल,बजारीकरण,सुन्तलाको मुल्यमा एकरुपता ल्याउनको लागी नगर सरकार र किसान बिच समन्वय गरेर अगाडि बढ्ने समेत बताए ।नगरप्रमुख बुढाथोकीले सुन्तलाको बजारीकरण गर्नको लागी कोल्ड स्टोर निर्माण गर्न प्रदेश सरकार संग बजेट माग गरेको र प्रदेश सरकारले पनि बजेट बिनियोजन गरेको भन्दै कोल्ड स्टोरको कामलाई अगाडि बढाउने बताए । सल्यानको कोटमौला बाट बर्षेनी २० करोड बढीको सुन्तला उत्पादन हुने किसान हरु बताउँछ्न ।

 

 

Image may contain: 8 people, including Kalpana Magar, people smiling, tree, plant, outdoor and nature

प्रतिक्रिया दिनुहोस