सिम्तामा सुत्केरी आमालाई उपाध्यक्ष कोषेली वितरण

इन्द्र बुढाथोकी
सल्यान ,१५ पौष ।
सुर्खेतको सिम्तागाउपालिकामा जनतासँग सिम्ता गाउपालिका अन्तर्गत सिम्तागाउपालिका भित्रका सम्पुर्ण सुत्केरी आमालाई उपाध्यक्ष कोषेली वितरण गरिएको छ ।
गाउपालिकाको २०६६/०७७ को गाउसभाले नीति तथा कार्यक्रममा पारित गरेको थियो जस अनुसार जनता सङ्ग सिम्ता गाउपालिका कार्यक्रम अन्तर्गत सुत्केरी आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रम लागू गरिएको प्रमुख अतिथि उपाध्यक्ष चन्द्रकला शाहिले बताएकी छन । प्रारम्भिक चरणमा आ व २०६६/०७७ को बजेटमा व्यवस्था गरिएको ५ लाख बजेट समेत विनियोजन गरेको थियो ।

आज सिम्ताका ८० जना सुत्केरी आमालाई सिम्ताको राकम स्वास्थ्य चौकि बाट सिम्ता गाउपालिका उपाध्यक्ष शाहिले कोषेलि वितरण गरि कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरेकी छन । कोषेलि कार्यक्रममा अण्डा, फलफूल र बच्चा तथा आमाको सरसफाइका समानहरू राखिएको छ कोषेलि संगै प्रदेश सरकारले पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रति सुत्केरी रू २ हजार नगद पनि वितरण समेत गरिएको थियो।

कोषेली कार्यक्रम आर्थिक वर्षको साउन महिला देखि सुत्केरी भएका सबै आमाहरूले पाउने र यो कार्यक्रम निरन्तर चलिरहेने र नासो सोरूप सधै वितरण गरि सुत्केरी आमा र बच्चाको पोषणमा सुधार ल्याउने र सम्भव भए घरघरमा गएर कोषेलि वितरण गरिने उपाध्यक्ष शाहिले जानकारी दिएकी छन।
कार्यक्रमको समापन गर्दै ६ न वडा अध्यक्ष राजेन्द्र सिहले यो धर्तीमा पहिलो पटक पाइला टेकेका नानिबाबुहरुलाइ सुनौलो भविस्य स्वास्थ बनाउने उदेश्यका साथ सिम्तागाउपालिकाले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सिहले बताएका छन भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस