इन्द्र बुढाथोकी
१२ पौष ,सल्यान
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन सल्यानको चौथो साधारण सभा बनगाड कुपिण्डे नगरपालिका वडा न १ को सल्लीबजारको होटल ग्रीन पिस प्यालेसमा सम्पन्न भएको छ ।
साधारणसभामा प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले कार्यक्रममा बोल्दै निजि क्षेत्रले सक्षम जनशक्ति निर्माण गरि समृद्ध नेपाल निर्माण गर्न सक्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि प्याव्सनका केन्द्रिय सदस्य महेश देवकोटाले अहिले आएको शिक्षा नितिले हामिलाइ उत्साहित बनाएको र अब हामी लाई बिगतको दिन जस्तो लगानी खेर जान्छ कि सार्टिफिकटमा मान्यता पाउछ कि छात्रवृत्ति पाउछ कि नाइ भन्ने दिन अहिले आएको शिक्षा नितिले सहयोग गरेको केन्द्रिय सदस्य देवकोटाले बताए ।
अर्का बिशिस्ट अतिथि बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरिले विद्यार्थी जन्म दिन आमाबाबु भए पनि अब त्यसको भविस्य कस्तो बनाउने भन्ने तपाईहरुको हात रहेको बताएकी छन ।
दुबै क्षेत्रका निजि तथा सामुदायिक विद्यालयको खाका बनाएर अगाडि बढाउन आग्रह सल्यान जिल्ला सल्लाहकार पुर्ण बहादुर बस्नेतले बताए ।
कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख तथा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि , प्याव्सन केन्द्रिय सदस्य महेश देवकोटा, प्याव्सन कर्णाली प्रदेश सदस्य वीर बहादुर बुढाथोकी, प्याव्सन सल्यान जिल्ला सल्लाहकार पुर्ण बहादुर बस्नेत, रुम टु रिडका फिल्ड सुपरभाइजर दोर्ण कुमार यरि , पत्रकार इन्द्र बुढाथोकी, दुर्गा बिसि लगाएतले चौथो साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । भने कार्यक्रम सन्चालन निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन सल्यानका सचीव खिमराज डिसिले गरेका थिए, कार्यक्रमको अध्यक्षता प्याव्सन अध्यक्ष जित बहादुर भण्डारी र स्वागत मन्तव्य लन ग्रीन इङलिस बोर्डिङ स्कुलका प्रीन्सिपल मुक्ति पोखरेलले गरेका थिए ।
कार्यक्रममा कृष्ण इङलिस बोर्डिङ स्कुल र लन ग्रीन इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुको साथै अतिथिहरुलाइ मायाको चिनो समेत दिइएको थियो ।