इन्द्र बुढाथोकी
सल्यान ९ पौष । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आकस्मिक सम्पर्क नम्बर र चेतनामूलक सन्देशहरु समावेश गरेर तयार पारेको स्टिकर सार्बजनिक गरेको छ। बुधबार एक कार्यक्रमका बीच स्टिकर टासेर सार्बजनिक गरिएको हो।
स्टिकरमा विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयका सम्पर्क फोन नम्बरहरु सहित बनगाड कुपिण्डे नगरपालिका भित्रका अति आवश्यक कार्यालयहरुको र व्यक्तिको सम्पर्क फोन नम्बरहरु राखिएको छ। साथै स्टिकरमा जिल्ला अस्पताल, नगरपालिका कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र बिधुत कार्यालयको सम्पर्क फोन नम्बरहरु पनि समाबेश गरिएको छ।
स्टिकरमा “आत्महत्या कायरता हो, २० बर्ष पुराभई बिवाह गर्नु र गराउनु दण्डनिय अपराध हो, बाल मजदुरी हटाऔ बालबालिकालाई विद्यालय पठाऔं, सभ्य शान्त समाज निर्माणमा सहभागी बनौं” भन्ने लगाएतका चेतनामुलक नाराहरु समेत लेखिएको छ। बनगाड कुपिण्डे नगरपालिकाको १२ वटै वडाका ६ हजार ४ सय २६ घर र पसलहरुमा उक्त स्टिकर टाँसिने नगरपालिकाको कार्यालयले जनाएको छ।
नगर प्रमुख गोविन्द कुमार पुन,प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज प्रेम बहादुर बोहरा, लगाएत वडा अध्यक्ष पार्टी प्रतिनिधि स्थानीय व्यक्ति लगाएतकाले नगरपालिकाको मुख्य व्यापारी केन्द्रको प्रतिक्षालयमा र पसलमा उक्त स्टिकर टाँसेर स्टिकर सार्बजनिक गरेका हुन।
आकस्मिक रुपमा प्रहरी प्रशासन, गाडी दुर्घटना, आत्महत्या , स्वास्थ समस्या लगायतका सेवा लिनुपरेमा नागरिकहरुलाई सहज बनाउने उद्देश्यका साथ नगरपालिकाको र जिल्ला प्रहरी कार्यालयको समन्वयमा प्रत्येक घरघरमा टांस्नको लागि स्टिकर तयार गरिएको नगर प्रमुख पुनले बताएका छन।सामाजिक सद्भाव, शान्ति सुव्यवस्था कायम गर्न, विभिन्न प्रकारका अपराधहरु निरुत्साहित तथा न्यूनीकरण गर्नको लागि स्टिकर टास्ने अभियानले सहयोग पुर्याउने उप प्रमुख मन्जु यरिले बताएकि छन ।