दार्मामा २८ बर्ष सेवा अबधी पुर्याएअका प्रअ यादब सहित ६ जनाको बिदाइ

दियो अनलाइन
पौष ९,सल्यान ।
श्री जनज्योति माध्यामिक बिधालय दार्मा गाउँपालिका ३ फारुलाका पुर्व प्रधानध्यापक नन्द किशोर यादव सहित अन्य छ जना शिक्षक,कर्मचारी लाई बिदाई गरिएको छ ।

बुधबार बिधालयमा,भएको बिधाई कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बिधालयको प्रगति उन्नतिमा हाल सम्म साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिय ।सो बिधालयका अध्यक्ष समेत रहेका केसीले बैज्ञानिक शिक्षा प्रदान गर्नको लागी अब आफुहरु नयाँ ढंग बाट बिधालयको बिकास र शैक्षिक स्तरलाई वृद्धि गर्नको लागी,लागी पर्ने बताए ।उनले,लामो समय सम्म शिक्षण पेशामा रहि जनज्योति मा.बि फारुलाको शैक्षिक स्तर वृद्धि गर्नको लागी जस्तो सुकै परिस्थितिको सामना गर्न सफल शिक्षक नन्दकिशोर यादव लगाएतका बिदाई हुने शिक्षकहरुलाई धन्यवाद दिएका थिय ।
कार्यक्रममा बिदाई मन्तव्य राख्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सल्यानका, सदस्य रामचन्द्र केसीले,बिधालयको समृद्धिका लागी सबै एक भएर जानु पर्ने बताए,बिधालय ब्यवस्थापन समितिका सदस्य समेत रहेका केसीले,जनज्योति मा.बि को इतिहासलाई संरक्षण समेत गर्न सबैको भुमिका रहने बताए ।

२८ बर्षमा सम्म शिक्षण अबधि सिद्याएका,बिधालयका पुर्व प्र.अ नन्दकिशोर यादव,शिक्षकहरु शुनिल कुमार बुढा,केशव शर्मा,दिवाकर शर्मा,शेरबहादुर बुढाथोकी,पबित्रा चन्द र कर्मचारी मेघ बहादुर रोकयलाई बिदाई गरिएको कार्यक्रममा बोल्दै शिक्षक नन्दकिशोर यादवले,आगामी दिनहरूमा पनि बिधालयलाई जस्तोसुकै सहयोग गर्न तयाररहेको बताए ।उनले आफुले पढाएका बिद्यार्थीहरुको प्रगति उन्नति देखेर खुशी रहेको भन्दै आफुलाई बिर्सेपनि योगदान लाई न बिर्सन आग्रह गरे ।

जनज्योति माध्यमिक बिधालयका प्र.अ टेकबहादुर चन्दको स्वागत मन्तब्य बाट सुरुभएको बिदाई कार्यक्रममा,दार्मा गाउँपालिकाकी उपाध्यक्ष टिका कुमारी शर्मा (वली ) निमिक्त प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी,दार्मागाउपालिकाका कानुनी सल्लाहकार इन्द्रबहादुर भण्डारी,एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव निमबहादुर केसी,शिक्षा शाखा प्रमुख रोम प्रशाद पाण्डे,इलाका प्रहरी कार्यालय दार्माका इन्चार्ज प्रनानी जनक भण्डारी ,वडा नं.१ का वडा अध्यक्ष कबिकुमार चन्द,वडा नं.२ का डिल्ली केसी ३ का सेतीराम रोकाय ४ का प्रकाश रावत ५ का रामबहादुर केसी र वडा नं.६ का दुर्गा बहादुर मल्ल लगाएतको उपस्थिति रहेको थियो ।

जनज्योति माध्यामिक बिधालय फारुलाका,शिक्षक अभिभावक संघका अध्यक्ष अनन्त प्रशाद शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका स्वर्गीय बुवा इन्द्रबहादुर केसीको सम्झनामा,स्थापना गरेको अक्ष्यकोषको ब्याज बाट २०७५ सालको एस इ इ परिक्षा बाट उत्कृष्ट जि.पि.ए ल्याउन सफल सोहि बिधालयका छात्र रमेश केसी र छात्रा अनिता केसीलाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।कार्यक्रमको संचालन सोहि बिधालयका शिक्षक,चन्द्रबहादुर रोकायले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस