नेकपाका,कर्णाली प्रदेशका प्रमुख सचेक गुलावजंग शाहले बिकास निर्माणका कार्यहरूमा,राजनीतिक नगर्न आग्रह गरेका छन् ।
शुक्रबार सल्यानको शिद्वकुमाख गाउँपालिका वडा नं. २ को चाख्लीघाट,भडारे बिधुत उद्घाटन कार्यक्रममा बोल्दै जनप्रतिनिधी जनताको सेवा गर्ने भनेर चुनिएकाले जनताकै पक्षमा काम गर्नुपर्ने बताएका हुन । जनता प्रतिको उत्तरदायित्वले बिकास निर्माणको कार्यलाई सहज बनाउनुको साथै,समृद्ध देश निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले
जनप्रतिनिधिहरुले त्यतातिर ध्यानदिनु पर्ने बताएका हुन ।
सल्यान प्रदेश सभा (क) का सांसद समेत रहेका शाहाले राजनीति भनेको सामाजिक सेवा भएकाले,कुनै पनि जन प्रतिनिधिले जनताको बिकास निर्माणका कार्यमा तलमाथि गरेमा त्यस्ता जनप्रतिनिधिलाई कार्वाहीको दायरामा ल्याउन आफु तयारी रहेको बताए ।शाहले पछिल्लो समयमा जनप्रतिनिधिको रुपमा आफुलाई देखाउने र राजनीति आग्रह पुर्वाग्रहले जनताको काममा असर पुर्याउने प्रवृत्तिको बिकास भएकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताएका थिय ।
शाहले राजनीतिकको मुख्य जग भनेकै जनपक्षीय कार्य भएकाले त्यस तर्फ ध्यानदिन सम्बन्धित सबैलाई अनुरोध गरेका थिय ।कठिन परिस्थीतिमा पनि बिकास निर्माणका काम गर्नुपर्ने भन्दै उनले, बिकास निर्माणमा सबै लागी परेपछि मात्र बिकास निर्माणले फडको मार्नुका साथै समाज एक ढङगले अगाडी बढन सक्ने बताएका हुन ।
कार्यक्रममा बोल्दै शिद्वकुमाख गाउँपालिकाकी,उपाध्यक्ष पुष्पा कुमारी बोहराले बिकास निर्माणका काम धेरै गरेपनि जनताले चाहे अनुसारको बिकास हुन नसकेको बताइन । आफुले जनपक्षीय रुपले काम गर्न खोजेपनि त्यस्तो किसिमको काम गर्ने वाताबरण नहुदा आफुले सोचे अनुसार बिकास गर्न नसकेको बताएकी थिन ।
न्यायोचीत ढङगले काम भयो की भएन भनेर अब जनताले मुल्याङकन गर्ने बेला आएको बताउदै उनले बिकास निर्माणका काम,डामोडोल पाररेर बिकास अगाडी बढन नसक्ने बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै नेकपाका शिद्वकुमाख गाउँपालीका अध्यक्ष जीत बहादुर चलाउनेले सकारात्मक राजनीतिक सोच चिन्तन हुन जरुरत भएको बताएका छन् । जनता र जनप्रतिनिधि मिलेर मात्र बिकास निर्माण हुन सक्ने भन्दै जनप्रतिनिधिले देखिने खालको र जनताले अनुभुती गर्ने खालको काम गर्नुपर्ने बताउनु उनले बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर बस्नेतले ईच्छा शक्ति र चाहना भए मात्र बिकासले फडको मार्ने बताएका छ्न । शिक्षा, स्वास्थ्य, बिधुत खानेपानी भनेका जनताका आधारभुत आवश्यकता भएकाले बिगतका जस्ता योजनाले बिकास निर्माण हुन नसक्ने भन्दै उनिले,उनले अब नयाँ ढंगको बिकास पद्धतिलाई अवलम्बन गर्नु पर्ने बताए ।
प्रदेश सरकार र सिद्धकुमाख गाउँपालीकाको साझेदारीमा वडा नम्बर २ चाखलीघाट भडारे सम्म बिधुत पुगेपछि
लामो समय सम्म अध्यारोमा बस्दै आएका २ नम्बर वडाबासी अध्यारो मुक्त भएका छन ।