ज्ञानमहायज्ञमा ३१ लाख दान सङ्कलन

इन्द्र बुढाथोकी

५ पौष, सल्यान

पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र नजिकै रहेको श्री प्रभाकर मा वि देवस्थलमा शुक्रवार सम्म सन्चालनार्थ श्रीमद्भागवत सप्ताह धानधानज्यल ज्ञान महायज्ञमा ३१ लाख ५ हजार ४ सय १ रुपैया दान सङकलन भएको छ । नगद दान भन्दा वाक दान वढि देखिएको छ । नगद दान ११ लाख सङकलन भएको छ भने वाक दान तथा उठ्न बाँकी २० लाख देखिएको छ ।

प्राविधिक धार सञ्चालन गर्नका लागि विद्यालयले ज्ञानमहायज्ञ शुरु भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा महायज्ञ सञ्चालन समितीका संयोजक गञ्जमान वुढाले जानकारी दिनुभयो । विद्यालयको सर्वाङ्कीन विकास र प्राविधिक धारलाई महत्व दिनका लागि विद्यालयले महायज्ञ शुरु गरेको हो ।

मङ्सिर २५ गते देखी शुरु भएको महायज्ञ पौष ४ गते शुक्रबार सम्म सञ्चालन भएको हो । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुलमन्त्रलाई मध्यनजर गर्दे यस क्षेत्रको प्राविधिक शिक्षाको हव निमार्णका लागि महायज्ञको शुरुवात गरिएको प्राध्यापक शिखर कुमार यरिले जानकारी दिएका छन । संगीतमय श्रीमद्भागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञमा नेपालका ख्यातीप्राप्त पण्डितद्धय रामचन्द्र तिमिल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमिल्सिना ज्यूको मुखारविन्दुबाट सुमुधर शैलीमा कथावाचन, राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारद्धारा भजन कृतन, झाँक्री तथा नाटक प्रर्दशन प्रस्तुत भएकाले दान उठन सफल भएको जनाए  ।

सवै श्रदालु भक्तजनहरुलाई उपस्थित भई कथाश्रवण गरि पुण्यआर्जण गरि तनमनधन, वचन एवं कर्मले सहयोग पुर्याईदिनु भएकोमा सबैलाई विद्यालय परिवार तथा मुल समारोह समितिले धन्यवाद र सम्मान गरेको छ । महायज्ञको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला योजनामन्त्री प्रकाश ज्वालाले गरेका थिए  ।महायज्ञमा सबैभन्दा वढि २ लाख ७ हजार ७ सय ७७ रुपैयाँ दिएर सल्लीबजारका कृष्ण कपडा व्यापारी मानवहादुर वस्नेत पहिलो दानदाता रहेका थिए  । त्यसै गरि २ लाख १ हजार १ सय १ रुपैया दिएर यरि पेट्रोल पम्पका सञ्चालक दिवाकर यरि दोस्रो,  तेस्रोमा नेकपा जिल्ला सदस्य युवा नेता दुर्गा बहादुर वुढाथोकिले ७५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका थिए  ,भने चौथो दाताको रुपमा बनगाड कुपिण्डे नगर प्रमुख तथा नेकपा सल्यान जिल्ला पार्टी अध्यक्ष गोविन्द कुमार पुनले ५७ हजार दान गरेका थिए   । १० दिन सम्म चलेको महायज्ञ शुक्रबार समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस