दियो अनलाइन
४ पौष, सल्यान
पुर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले समृद्ध देश निर्माणको लागी आधुनिक खाले बिकास गर्न आवश्यक रहेको बताएका छन ।
बिहिवार श्री लक्ष्मी माध्यमिक बिधालय छत्रेश्वरी गाउँपालिका वडा नं।४ जयचौरको नव निर्मित २ वटा भवन उद्घाटन गर्दै बस्नेतले,अब बन्ने सडकहरु पहिलेका जस्ता नभएर आधुनिक ढंगका हुनु पर्ने,बिधुत बिस्तार,खानेपानी आयोजना लगाएत अन्य बिकास निर्माणका सम्पुर्ण,कार्यहरुलाई आधुनिक खाले बनाउन आवश्यक रहेको बताएका हुन ।प्रतिनिधि सभा सदस्य समेत रहेका बस्नेतले,पछिल्लो समयमा बिकास निर्माणका लागी बजेटको अभाव नहुने बरु त्यसलाई कार्यन्वयन गर्ने कुरामा समस्या देखिएको बताएका हुन ।उनले बिकास निर्माण लगाएत देश निर्माणको कार्यमा, बद्लिदो परिस्थिति अनुसार,गतिशील रहन जरुरत रहेको बताएका छ्न ।स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम ९ सांसद बिकास कोष० र छत्रेश्वरी गाउँपालिका मार्फत संघिय सरकारको सशर्त अनुदान बाट नवनिर्मित भवनको रिवन काटेर उद्घाटन गरेका सांसद बस्नेतले,जनताको बिकासको लागी संघीय सरकार संग छत्रेश्वरी गाउँपालिकाले, राम्रो समन्वय गर्द्वै आएको र यस्लाई अझै निरंतरता दिनु पर्ने बताए । कार्यक्रमका बिशिस्ट अतिथी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले,जनप्रतिनिधि भै सकेपछि जन प्रतिनिधिहरुले खेल्ले भुमिका साझा हुनु पर्ने बताएका छन् ,राजनीति आस्था फरक फरक भएपनी जनताको सेवा गर्न गाउँपालिका अध्यक्षमा निर्वाचित भएको आफुले गाउँपालिकाको समृद्धिका लागी कुनै कसर बाँकी नराख्ने बताए । बिधालयको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष केसीले बिद्यार्थीको सुनौलो भबिस्य निर्माण गर्ने बिधालयमा बिद्यार्थीको भबिस्यलाई असर पुग्ने खाले राजनीति नगर्न सबैलाई अनुरोध गरे ।राजनीति लाई सहि तरिकाले अबलम्बन गरे त्यसको दृर्घकालिन फाइदा हुने भन्दै,संघिय सरकारले छत्रेश्वरी गाउँपालिकाको बिकास निर्माणको कार्यमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै सांसद बस्नेतलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि आफ्नो गाउँपालिकालाई समृद्ध गराउने अभियानमा सहयोग गर्न अनुरोध गरे ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा भएको उक्त भवन उद्घाटन,
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाकी उपाध्यक्ष सीता केसीले छत्रेश्वरी गाउँपालिकाको बिकास संगै,गाउँपालिका भित्रहुने बिकृती बिसंगतिको अन्त्य गर्न, न्यायीक अबस्थालाई कडाईका साथ लागु गरिदै आएको बताएकी छिन ।उनले बाल बिवाहाको न्यूनीकरण र सामाजिक अपराध न्युनिकरण गर्न गाउँपालिकाले संचालन गरेको अभियानमा साथ दिन सबैमा अनुरोध गरिन । यस्तै नेकपाका कर्णाली प्रदेश सदस्य हरि केसी,छत्रेश्वरी गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष नेव बहादुर खड्का,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सल्यानका,सहसचिव सन्तोषसेन वली,लक्ष्मी मा।बिका प्र। अ दिपक बुढाथोकी लगाएतकाले मन्तव्य राखेका थिय ।
छत्रेश्वरी गाउँपालिका,मार्फत संघिय सरकारको सशर्त अनुदान १६ लाखको दुई कोठे पक्की भवन र स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम ९सांसद बिकास कोष ० को १५ लाखमा नवनिर्मित २ कोठे पक्की भवनको उद्घाटन कार्यक्रममा, शिक्षक कृतिराज डाँगीले स्वागत मन्तव्य राखेका थिय भने उक्त कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष प्रेमबहादुर खड्का,३ का राजबहादुर बुढाथोकी,७ का मेघराज भण्डारी,नेकपा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष वज बहादुर बुढाथोकी,नेकपा सल्यानका जिल्ला कमिटी सदस्य हिमाल यात्री,जनक घर्ती,नेपाली काङ्ग्रेस छत्रेश्वरी ४ का वडा सचीव गणेश कुमार शर्मा,लगाएतको उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रम लक्ष्मी मा।बि जयचौरमा २९ बर्ष सम्म अध्यापन गरेका शिक्षक टोपिलाल शर्माको बिदाइ गरिएको थियो । बिदाई भएका शिक्षक टोपिलाल शर्माले,बिधालयको बिकास र बिद्यार्थीको प्रेरणाको लागी,रु १५ हजारको टोपिलाल ढकाल अक्ष्यकोष र सोहि वडा निवासी उदिराम डाँ गीले आफ्नो छोरीको सम्झनामा १५ हजारको कमला डाँगी स्मृति अक्षयकोष निर्माण गरेका छ्न । सोहि बिधालयमा अध्यान गर्दै आएकी १६ बर्षिया कमला डाँगीले बाल बिवाहाकै कारण केहि बर्ष पहिला ज्यान गुमाएकी थिन ।
बिहिवारनै श्री लक्ष्मी माध्यमिक बिधालय छत्रेश्वरी गाउँपालिका ४ जयचौरको अभिभावक भेला सम्पन्न भएको छ । अभिभावक भेलामा आर्थिक,प्रशासनिक तथा शैक्षिक प्रतिबेदन प्रस्तुत समेत गरिएको थियो । ४ सय ६३ जना बिद्यार्थी र १६ जना शिक्षक सहित कक्षा १० सम्म संचालनमा रहेको लक्ष्मी माध्यामिक बिधालय जयचौरको २०७२र७३ देखी २०७५र७६ सम्मको प्रतिबेदन प्रस्तुत, सामाजिक लेखापरीक्षण समितिका सदस्य,रमेश कुमार शर्माले गरेका थिय ।