गाउँपालिकाका सबै घरमा आकस्मिक नम्बर र सन्देशमुलक स्टिकर

दियो अनलाइन
३ पौष, सल्यान

जिल्लामै पहिलोपटक सल्यानको छत्रेश्वरी गाउँपालिकाले आकस्मिक सम्पर्क नम्बर र चेतनामूलक सन्देशहरु समावेश गरेर तयार पारेको स्टिकर सार्बजनिक गरेको छ।

बुधबार एक कार्यक्रमका विच जिल्लामै पहिलो पटक उक्त स्टिकर सार्बजनिक गरिएको हो। स्टिकरमा विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयका सम्पर्क फोन नम्बरहरु सहित छत्रेश्वरि गाउँपालिका अन्तरगतका ४ वटा एम्बुलेन्स चालकहरुको सम्पर्क फोन नम्बरहरु राखिएको छ।साथै स्टिकरमा जिल्ला अस्पताल,गाउँपालिका कार्यालय,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख,र बिधुत कार्यालयको सम्पर्क फोन नम्बरहरु पनि समाबेस गरीएको छ।

पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै भिजिट नेपालको लोगो र छत्रेश्वरि गाउपालिकाको पहिचान झल्किने धार्मिक तथा पर्यटकिय स्थल छत्रेश्वरि मन्दिरको फोटो पनि स्टिकरमा राखिएको छ।
बालबालिकालाई बिधालय पठाऔ,सभ्य शान्त समाज निर्माणमा सहभागी बनौ भन्ने लगाएतका चेतनामुलक नाराहरु समेत लेखिएको छ।छत्रेश्वरि गाउँपालिकाका सातै बडाका ४ हजार ७ सय घर र पसलहरुमा उक्त स्टिकर टासिने गाउँपालिका कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समिती सल्यानका प्रमुख केस बहादुर बिस्ट,गाउँपालिका अध्यक्ष सन्तोष केसि,निमित्त प्रमुख जिल्ला अधिकारी नारायण लामिछाने,गाउँपालिका उपाध्यक्ष सीता केसि,जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडा ,प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्का लगाएतकाले गाउँपालिकाको वडा नम्बर ६ स्थित भोटेचौरका स्थानीयहरुका घरमा उक्त स्टिकर टासेर स्टिकर सार्बजनिक गरेका हुन।
आकस्मिक रुपमा प्रहरी प्रशासन, स्वास्थ्य लगायतका सेवा लिनुपरेमा नागरिकहरुलाई सहज बनाउने उद्देश्यका साथ गाउँपालिकाका प्रत्येक घरघरमा टांस्नको लागि स्टिकर तयार गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।सामाजिक सद्भाव, शान्ति सुव्यवस्था कायम गर्न, विभिन्न प्रकारका अपराधहरु निरुत्साहित तथा न्यूनीकरण गर्नको लागि स्टिकर टास्ने अभियानले सहयोग पुर्याउने अध्यक्ष केसिले बताए।

प्रतिक्रिया दिनुहोस