दार्मा खोला सडक पुल को सार्बजनिक सुनुवाइ कार्यक्रम संपन्न

मंगलबार दार्मा ३ मा रहेको दार्मा खोला सडक पुलको सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ ।
रारेचौर फारुला जोड्ने सडक मा पक्की पुल बन्न लागेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसि, उपाध्यक्ष टीका शार्मा , ६ नं. वडा अध्यक्ष दुर्गा बहादुर मल्ल, स्थानिय सडकपुल सहयोग कार्यक्रम इकाइ र स्थानिय सडकपुल कार्यक्रम ललितपुर का बिज्ञता पौडेल, लगायत को टोलिको उपस्थित रहेको थियो । दार्मा गाउपालिका का नि प्रमुख खुम बहादुर के सि को अध्यक्षता मा सुरु गरेको कार्यक्रम को सहजिकरन प्रशासन शाखा प्रमुख विर्ख बहादुर ओलिले गरेका थिए ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाभार विकास कार्यालय सुर्खेतको कुल १ करोढ ८७ लाख लागतमा बन्ने पुलको निर्माणको जिम्मा संरक्षण÷ लक्ष्मण जेभि चितवनले पाएको छ ।
कुल २५.६० मिटर लामो पुल २०७७ असार भित्र काम सक्ने जेभिका तर्फबाट बोल्दै निर्माण व्यवसायी डिल्ली प्रकाश केसी ले बताए ।

प्रतिक्रिया दिनुहोस