दियो अनलाइन
१६ मंसिर, सल्यान
सल्यानको शारदा नगरपालिका वडा नं. १५ माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिएको हो ।
केही वर्ष पहिले नेपालगञ्जमा मोटर साइकल दुर्घटनामा परि दिवंगत भएका छोरा सुमन न्यौपानेको सम्झनामा बुवा तेज प्रसाद न्यौपाने, आमा चन्द्रीका न्यौपाने रेग्मी ले मन्दिर निर्माण गरेका हुन ।
आइतबार मार्ग शुक्ल विवाह पञ्चमीको शुभ साइत पारेर सरस्वती माताको चल प्राण प्रतिष्ठा सम्पन्न गरिएकोे हो ।
स्वर्गीय छोरा सुमन न्यौपानेका बुवा तेजप्रसाद न्यौपानेले उक्त विद्यालयमा लामो समयदेखि अध्यापन गराईरहेका छन ।