सल्यानको सल्लीबजारमा भारती प्रधानमन्त्रीको पुत्ला दहन,

इन्द्र बुढाथोकी
सल्यान २९ कार्तिक ।

पश्चिम सल्यानको सल्लीबजारमा भारती प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरिएको छ । आज श्री जनकल्याण युवा क्लब बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्यानको आयोजनामा लिपुलेख, कालापानी र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेको बिरोधमा आज सल्लीबजार, देवस्थल बजार परिक्रमा गरि बिरोध र्‍याली निकाल्दै बसपार्क चोकमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । बजार परिक्रमा गर्दौ भारतीय बिस्तारबाद मुर्दाबाद, सरकारको मौनता मुर्दावाद, लिपुलेख फिर्ता गर, राष्ट्र प्रेमी नागरिक एक हौं, सुगौली सन्धि खारेज गर, हाम्रो भुमी फिर्ता गर, सिमा मिच्न पाइदैन, वीर गोर्खाली हेप्न पाइदैन, हाम्रो भुमी तेरो नक्सामा कोर्न पाइदैन नय दबअप ष्लमष्ब जस्ता नाराहरु युवाहरुले लगाएका थिए । बजार प्रक्रियामा गरि सकेपछि मोदीको पुत्लादहन गरि शान्ति पुर्ण बिरोध गरिएको क्लबका अध्यक्ष सन्देश यरिले जानकारी दिएका छन । स्थानीयहरुले विरोध नगर्न आग्रह गर्दा गर्दै पनि सान्ती पुर्ण र्‍याली गरिएको क्लबका उपाध्यक्ष मिनराज डिसिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस