संचारकर्मी डिसीले जन्मदिनमा गरे अनाथ बालबालिकालाई सहयोग ।

कार्तिक २८, सल्यान

सञ्चारकर्मी तथा पत्रकार विरेन्द्र डिसीले जन्मदिनको अवसरमा बुधबार गरिब तथा अनाथ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

विगत लामो समयदेखि सल्यान जिल्लामा रहेर पत्रकारिता तथा कार्यक्रम उद्घोषणको रुपमा काम गर्दै आएका डिसीले आफ्नो जन्मदिनको अवसरमा आफुले प्रावि तह अध्ययन गरेको शारदा आधारभूत विद्यालय बागचौर नगरपालिका ८ रानीसल्लामा अध्ययनरत ३ जना छात्रालाई न्यानो कपडा सहयोग गरेका हुन ।

जन्मदिनलाई पाटी गरेर खर्चिलो र भड्किलो बनाउनुभन्दा आफुले सक्नेजति सहयोग गरेर नै मनाउने हेतुले यस्तो कार्य गरको उनले बताए । पुर्व विद्यार्थीले नै यसरी स्कुलमा आएर पहिलोपटक जन्मदिन मनाएकोमा उनलाई विद्यालयका प्रधानध्यापक भिम चन्दले धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले जन्मदिनलाई पाटी र भड्किलो तरिकाले मनाउनुभन्दा सानो सहयोग गरेर भए शनि सामाजिक काममा लगानी गर्नुपर्ने बताएका थिए । उनिहरुले यस्तो खालको सहयोगले सबैको सामाजिक कार्यतिर झुकाव हुने बताए ।

सहयोग कार्यक्रममा लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसी, रेडियो मन्त्रका म्यानेजर लोकमान चन्द, रिसेन्ट खबर युटुबका एचपी मगर, एक्सरे खबर युटुबका श्रवण देवकोटा, रेडियो मन्त्र तथा लेकाली अनलाइनका खेमराज सुनार लगाएतको सहभागीता रहेको थियोे ।

डिसी नेपाल पत्रकार महासंघ सल्यान शाखाका कार्यसमिति सदस्य र जनपत्रकार संगठन सल्यान शाखाका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस