सल्यानको फलावाङमा जीप दुर्घटनाः २ जनाको मृत्यू, ७ जना घाईते

२८ कार्तिक, सल्यान
सल्यानमा जीप दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ ।

फाइल फोटो

जिल्लाको त्रिबेणी गाउँँपालिका वडा नम्बर ४ फलावाङ्गमा बिहिबार बिहान साँढे १० बजे तीर जीप दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको हो भने ७ जना घाईते भएका छन् । जिल्लाको त्रिबेणी गाउपालिकाको फलावाङ्गबाट दाङ तुलसीपुर तर्फ जादैँ गरेको रा १ झ ४३२ नम्वरको जीप बडाखोलामा दुर्घटना हुदाँ २ जनाको ुमृत्युभएको हो ।
मृत्यू हुनेमा जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्वर ४ फलावाङ्ग निबासी ६० बर्षिया कृष्णदेवी परियार र सोही ठाँउ निबासी ५९ बर्षिया यज्ञी थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरुको उपचारको क्रममा साँढे १२ बजे तीर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यू भएको हो ।

यस्तै घाइते हुनेहरुमा जीप चालक फलावाङ्ग निवासी २८ वर्षिय सन्दिप परियार, सोहि ठाउँ बस्ने २३ वर्षिया रिता रावत, ८ वर्षिया ज्योती रावत, २३ वर्षिया मोति रावत, ५५ वर्षिया सावित्रा खत्री, २२ वर्षिया तारा थापा, र दाङ तुलसीपुर उपपमहानगरपालिका निवासी २८ वर्षिया दिला बुढा रहेका छन् । घाईतेहरुको दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अनियन्त्रीत भएर जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस