२८ कार्तिक, सल्यान
बागचौर नगरपालिका वडा नं. ३ को दोस्रो वडा अध्यक्ष कप खेलकुद, प्रतियोगिता बुधबारबाट बागचौरको चौरपानीमा सुरु भएको छ ।
अन्तर निहित प्रतिभाको पहिचान,स्वस्थ्य जिवन र खेलकुद प्रवर्द्धन, हाम्रो अभियान भन्ने मुलनारा सहित सुरु भएको कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले,समृद्ध नगर निर्माणको कार्यमा राजनीतिक अन्तरबिरोधले असर पुर्याएको बताए कार्यमामा उनले राजनैतिक अन्तरबिरोधले बिकासका निर्माणका कार्यमा असर पुर्याउने भएकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले वडा अध्यक्ष कप खेलकुद,प्रतियोगिताको उद्घाटन गर्द्वै बागचौर नगरपालिका वडा नं. ३ को खेल क्षेत्रमा छुट्टै पहिचान रहेको बताए,बुढाथोकीले वडा नं.३ का खेलाडीहरु राष्ट्रिय स्तर सम्म पुगेकाले त्यस बाट पाठ सिक्न अरुलाई पनि अनुरोध गरेका थिय ।
कार्यक्रमका बिशिस्ट अतिथि बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले,स्थानीय सरकार भए यता जनताले सोचेअनुरुपका बिकास निर्माणका कार्यहरू जनता माझ पुर्याउन नसकेको बताइन् ।उनले स्थानीय सरकारको अभ्यास नै नसकियको बताइन्,पुनले नगरको समृद्धिको लागी जनता संग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताइन ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पाटी कर्णाली प्रदेश सदस्य,कृतिबहादुर पुन( प्रकाण्ड)ले भारतले नेपाल प्रती हेपहा प्रवृत्ति देखाएको बताए ।नेपालको सम्पत्तिमा गिद्वेनजर लाएर भारतले आफ्नो औकात देखाएको भन्दै,यस प्रती सरकारको ध्यान जान आबश्यक रहेको बताए ।उनले वडा नं.३ का खेलाडीहरुलाई लगनशील भएर अगाडि बढ्न अनुरोध गरे ।राष्ट्रको सम्पत्ति खेल भएकाले यसको संरक्षण र बिकास गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरे।
बागचौर नगरपालिका वडा नं. ३ का अध्यक्ष टिकाराम केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममामा नेकपाका बागचौर नगरका नगरकमिटी अध्यक्ष तथा बागचौर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष,घनश्याम शर्मा,वडा नं. ८अध्यक्षका रोमु शाही,वडा नं.७ का अध्यक्ष शेरबहादुर घर्ती,वडा नं. १ का अध्यक्ष नेत्रबहादुर डाँगी,बागचौर नगर शिक्षा शाखा प्रमुख टेकबहादुर डीसी,लगाएतका ब्यक्तिहरुले कार्यक्रम सफलताको लागी शुभकामना मन्तव्य राखेका थिय।
बागचौर नगरकार्यपालिका सदस्य पुस्पा कुमारी डाँगीले स्वागत मन्तव्य राख्नु भएको थियो, भने बागचौर नगरपालिका वडा नं. ३ रामपुरखालीको सोरठी नाच लगाएत अन्य संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
मङ्सिर २९ गते सम्म हुने दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतीयोगितामा साबिकका वडा स्तरीय भलिबल प्रतियोगिता,कपडी,ब्याटमेन्टन लगाएत अन्य प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने खेलकुद संयोजक दोर्ण कुमार शर्माले बताए ।उद्घाटन कार्यक्रमको संचालन वडा सचीव चन्द्रा डीसीले गरेकी थिइन । ।