सल्यानका पत्रकार खकेन्द्र केसीले जन्मदिनमा गरे विद्यार्थीलाई सहयोग

कार्तिक १८, सल्यान ।

सल्यान जिल्ला स्थित लेकाली अनलाइनका संचालक तथा सम्पादक खकेन्द्र केसीले आफ्नो जन्मदिनको अवसरमा आफुले पढेको विद्यालय र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पत्रकार केसीले छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ को सिमाना जलेखर्कमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा आफु २२ वर्षमा प्रवेश गरेको अवसरमा सहयोग गरेका हुन् । विद्यालयमा आवश्यक पर्ने ग्लोव, शैक्षिकसत्रमा उत्कृष्ट हुने ३ जना र गरिब तथा विपन्न परिवारका ५ जना गरी ८ जना विद्यार्थीलाई उनले ६ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका हुन । विद्यार्थीलाई वितरीत सामाग्रीमा कलम, कपी र ज्यामीतीय सामाग्रीहरु छन् । सामाग्री वितरण गर्दै पत्रकार केसीले जन्मदिनलाई केक काटेर मनाउनु भन्दा सहयोग गरेर मनाउदा खुसी लागेको बताए । उनले होटल र रेस्टुरेन्टमा खर्चिलो पाटी गर्नुभन्दा सामाजिक क्षेत्रमा नै सहयोग गर्दा राम्रो सन्देश जाने बताए । सहयोग वितरण कार्यक्रममा विव्यस अध्यक्ष तथा बागचौर नगरपालिका ९ का वडा अध्यक्ष मोहन चन्द, प्रधानध्यापक ढाँकु शाही लगाएतको उपस्थिती थियो । उनिहरुले पुर्व विद्यार्थी आएर यसरी कार्यक्रम गरेको भन्दै प्रसंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस