संघिय संसद टेकबहादुर बस्नेतले इलाका प्रहरी कार्यालय थारमारेमा लिप्ट सिस्टम खानेपानी योजनाको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । शनिबार भएको,उद्घाटन कार्यक्रममा बोल्दै संसद बस्नेतले, संघियता आएपनी,बजेट बिनियोजन र कार्यन्वयनमा भने तिनै तहका सरकारमा भनेजति सुधार आउन नसकेको बताएका छ्न।स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्रगत आर्थिक बर्ष २०७६र ७७ मा सल्यान जिल्लामा छ वटा आयोजना अन्तर्गत २४ वटा योजनाहरुको काम सुरुभएको र उक्त योजना अन्तर्गत,इप्रका फुलवारी,लिप्ट खानेपानी योजना,थारमारेको काम पहिलो नम्बरमा, सम्पन्न भएको बताएका छ्न। संघिय सरकारको १० लाख बजेट र स्थानीय बासिको श्रमदानमा सम्पन्न भएको उक्त योजना ,उद्घाटन कार्यक्रममा, बोल्दै नेपाल सरकारका,पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका,बस्नेतले अहिलेको सरकार समाजबादको बाटो पकट्दै,सो बाटोमा उन्मुख रहेको बताए । नेकपाको लक्ष समाजबाद सम्म पुग्नु रहेको र उक्त लक्ष पुरा गर्न सबै एक भएर लाग्नु पर्ने आवश्यकता रहेको बताए ।
उनले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतका आयोजनाहरु सल्यान जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा भौगोलिक बनावटका आधारमा समान रुपले बिनियोजन गरिएको बताए । खानेपानी योजनाको रिवन काटेर उद्घाटन गरेका बस्नेतले स्थानीय सरकार बागचौर नगरपालिका लाई,योजना हस्तान्तरण गर्द्वै उक्त योजनाको संरक्षण गर्न अनुरोध गरेका थिय । कार्यक्रमका बिशिस्ट अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले उक्त योजना बागचौर नगरपालिकामा पारेकोले संघिय सरकारलाई धन्यवाद दिएका थिय ।उनले समृद्ध नगर निर्माण गर्ने अभियानमा आफुहरु लागेको र त्यसलाई पुर्णता दिन संघिय सरकार र प्रदेश सरकारको मुख्य भुमिका रहने भएकाले त्यस तर्फ नजरलगाउन दुबै सरकारलाई अनुरोध गरेका थिय । खानेपानी उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले आर्थिक बर्ष २०७६र०७७ मा संघिय सरकार बाट बिनियोजित बजेटले पहिलो पटक आफ्नो नगरपालिकामा लिप्ट सिस्टम खानेपानी योजनाको काम समयमै सम्पन्न गरि उद्घाटन गर्न पाँउदा आफुहरु खुसी भएको बताए ।
बागचौर नगरपालिकामा नगरबाट बिनियोजित रकम अन्तर्गत वडा नं । १ को कोटबेत ,गैराबेत खानेपानी योजना,२ को चयालगाउ,वडा नं।५ र ८ का बिभिन्न भागहरुमा पनि लिप्ट सिस्टम खानेपानी योजनाको लागी यसै आर्थिक बर्षमा बजेट बिनियोजन गरिएको र त्यसलाई लगतै सुरुवात गर्ने कुराको जानकारी दिदै,नगरपालिका भित्रहुने सम्पुर्ण सानाठुला बिकासे योजनाहरुलाई पारदर्शी रुपले सम्पन्न गर्न सम्बन्धित निकाएलाई अनुरोध गरेका थिय ।समग्र नगरबिकासमा नगर भित्रका, प्रत्येक नागरिकको हक अधिकार हुने भएकाले त्यस तर्फ ध्यान दिन नगरबासिलाई अनुरोध गरे । बागचौर नगरपालिका वडा नं।२ का वडा अध्यक्ष घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उक्त योजनाका प्राबिधिक पुर्ण वलीले लिप्ट सिस्टम खानेपानीको उपयोगिता,चुनौती र त्यसको प्राबिधिक पक्ष बारे जानकारी दिएका थिय ।
कार्यक्रमम,बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत,बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसि,शिद्वकुमाख गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष रामबहादुर बस्नेत,राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सोभाराम भण्डारी,थारमारे बजारब्यवस्थापन समितिका अध्यक्ष,लोकबहादुर बुढाथोकी,इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रतिनिधि,शिक्षक,बुद्धिजिवि,पत्रकार,उपभोक्ता समिति लगाएतको उपस्थिति रहेको थियो । बागचौर नगरपालिका वडा नं। २ की वडा महिला सदस्य मुना केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन ,वडा नं। २ का वडा सदस्य टोपबहादुर डाँगीले गरेका थिय ।