सुन्दर मालिका लेकमा पत्रकार महासंघ सल्यानको बैठक तथा अन्तरक्रिया सम्पन्न

दियो अनलाइन
१३ मंसिर, सल्यान

दार्मा गाउँपालिका वडा नं. ४ मालिकामा सम्पुर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ सल्यान शाखाको पुर्ण बैठक बिहीबार सम्पन्न भएको छ । मालिका लेकको पर्यटक प्रवद्धनको लागी पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बैठक बसेको हो ।


जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा जिल्लाका अन्य पर्यटकीय ठाउँको समेत प्रचार गर्ने निर्णय गरेको छ । पर्यटन वर्ष २०२० लाई सफल पार्न पत्रकार महासंघको टोली सल्यान जिल्लाको सबै पर्यटकीय क्षेत्रमा पुग्ने सचिव शंकर केसीले बताएका छन ।बिहीबार नै मालिका लेकमा ‘पर्यटन प्रवद्धनमा सरोकारवालाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।

दार्मा गाउँपालिकाको सहयोग र मालिका पर्यटन प्रवद्धन पूर्वाधार समितीको आयोजनामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहको प्रमुख आथित्यता रहेको थियो ।

धार्मीक तथा प्राकृतिक महत्व बोकेो मालिका क्षेत्रलाई प्रर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ ।

 

कार्यक्रममा बनगाड कुपिण्डेका नगरप्रमुख गोविन्द पुन, बागचौर नगरप्रमुख लोकमान बुढाथोकी, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी , अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष  रमेश मल्ल लगाएतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस