दार्मामा राष्ट्रिय युवा संघ नेपालको भेला प्रशिक्षण सम्पन्न

मंसिर ९, सल्यान
आइतबार राष्ट्रिय युवा संघ सल्यानको आयोजनामा दार्मा गाउँपालिका फारुलामा पालिकास्तरीय युवा भेला प्रशिक्षण र युवा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा निकट यूवा विद्यार्थी विशेष कमिटि अध्यक्ष रमेश मल्लले भेलालाई सम्वोधन गर्दे संविधानले नै समाजवाद परिकल्पना गरेकोले यूवाहरुले समाजवादी ब्यवस्थाको आधार तयार गर्न हरेक क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्नु पर्ने बताए । उनले भने राष्ट निर्माणको जीम्मेवारी यूवाको काँधमा आएको छ । हाम्रो मेहनत र पौरख यही प्रयोग गर्ने समय भएको छ ।
यस्तै कार्यक्रममा बोल्दै दार्मागाउँपालिका अध्यक्ष तथा नेकपा कर्णाली प्रदेश कमिटि सदस्य निमवहादुर केसी अरुणले स्थानीय, प्रदेश र संघ सरकारले अघि सारेका विभिन्न रोजगार, स्वरोजगारमूलक कार्यमा सहभागि हुन आब्हान गरेका थिए ।

युवा नेतृत्वको विकास र सहभागिताका लागि आफूहरुले गाउँपालिकाको तर्फबाट कार्यक्रमहरु सञ्चालन गरिरहेको केसीको भनाई छ । ‘हामीले स्थानीय तहबाट हाम्रो स्रोत, सामथ्र्य र अवस्था अनुसार युवालक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं, केसीले भने , ‘हाम्रो पहुँच, स्रोत र सामथ्र्यले मात्रै पुग्दैन । समग्र राज्यका साथै युवासँग सम्बन्धित संस्थाहरुले पनि जागरण पैदा गर्ने, संगठित गर्ने र राष्ट्रहितप्रति समर्पित गराउने कार्यक्रमहरु ल्याउनु आवश्यक छ ।’
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शोभाराम भण्डारीले यूवाहरुलाई उत्पादनमा नजोडे सम्म समृद्धि नआउने भएकाले सगठित भएर वर्तमान कम्युनिष्ट सरकार संग उत्पादनमा सहकार्य गर्न अघि बढ्नु पर्ने बताए । उनले भने राष्ट्रिय युवा संघले संगठनको एकता प्रक्रिया टुङ्ग्याएर देशव्यापी रुपमा जनजागरणको काममा लागिरहेको छ ।
देशका जल्दाबल्दा विषय, राष्ट्रिय स्वाधीनता, राजनीतिक, सामाजिक सवालहरुमा आवाज उठाइरहेको भन्दै मातृपार्टीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउन लागिपरेको भण्डारीले बताए ।
कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्यहरु अन्नत प्रसाद शर्मा, चन्द्रवहादुर रावत, पुतला खड्का लगायतले सम्वोधन गरेका थिए हो ।
जिल्ला अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुपक वुढाले गरेका थिए । कार्यक्रममा सहभागि युवाहरुले उत्पादनमा यूवा सहभागिता र वैदेशिक पलायन रोक्न आग्रह गरेका थिए ।
यसैविच नेकपा दार्मा गाउँ कमिटि र युवा संघले यूवा नेता रमेश मल्ललाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस