साइबाबाको जन्मोत्सवमा दुई युवाले दृष्टिविहिन छात्रछात्राहरुलाई गरे सहयोग

७ मंसिर, सल्यान
सत्य साइबाबाको ९४ औं जन्मोत्सवको अवसरमा सल्यानका दुई युवाले शिवजन मावि शीतलपाटीमामा अध्ययनरत दृष्टिविहिन छात्रछात्राहरुका लागि रुं १० हजार बरावरको खाद्यान्न, फलुफुल, सहयोग गरेका छन ।
सल्यान खलंगामा व्यवसाय गर्दे आएका साजन भडेल र अमर सिंहले दृष्टिविहिन छात्राबासमै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेका हुन।
दुई जनाको व्यक्तिगत पैसाबाट सहयोग गर्न आएको र सानै भए पनि सहयोग गर्न पाउदा खुशी  लागेको सहयोगी साजन भडेलले बताए ।
सहयोग हस्तानतरणकै क्रममा बोल्दै सहयोगी अमर सिंहले आफु साइबाबावाको भक्त भएको र जन्मउत्सवको अवसर पारी व्यक्तिगत रुपैमै भएपनि सानो सहयोगको सुरुवात आफुहरुले गरेको र सबैले यसरी नै सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस