गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार । ।

मंसिर ५, सल्यान ।
सल्यानबाट एक गर्भवति महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको शारदा नगरपालिका १३ स्यानिखालकी २८ वर्षीया सुगन्धा पुनको आज बेलुका ५ वजेतीर हेलिकोप्टर बाट उद्धार गरिएको हो । ३५ हप्ताकी गर्भवति पुन गएराती देखी एक्कासी बेहोस परेकी थिईन् ।
उनलाई आज बिहान ९ बजे तीर सल्यान जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएको थियो । प्रेसर धेरै भएको र बेहोस भएकी उनी होसमा नआएपछि थप उपचारको लागी नेपालगञ्ज पठाईएको अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ अन्तरगत सुगन्धाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस