सल्यानमा २१९ जना मोतिया विन्दु भएकाको निशुल्क सल्यक्रिया, ७१५ जनाले सेवा लिए

४ मंसिर, सल्यान
सल्यानमा २१९ जना मोतिया विन्दु भएकाको सफल सल्यक्रिया गरिएको छ ।
जिल्लाको शीतलपाटीमा रहेको शीतलपाटी आँखा उपचार केन्द्रमा मंसिर २ देखि मंसिर ४ गते सम्म संचालित निशुल्क आँखा उपचार शिविरमा जम्मा ७१५ जनाले सेवा लिएका छन ।
जस मध्ये २१९ जना मोतिया विन्दु भएकाको सल्यक्रिया गरिएको हो ।
अघिल्नो वर्षको तुलनामा मोतिया विन्दुका विरामीको संख्या बढेको राप्ती आँखा अस्पतालमा कार्यरत डा.सुरेश रसाइलीले बताए ।
उक्त शिविर नेपाल नेत्र ज्योति संघ, राप्ती आँखा अस्पताल केन्द्र र शीतलपाटीको आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा संचालन गरिएको हो ।
शिविरमा निशुल्क रुपमा औषधि समेत वितरण गरिएको शीतलपाटी आँखा उपचार केन्द्रका बरिष्ठ नेत्र स्वास्थ्य चिकित्सक पदमराज पन्त ले बताए ।

प्रतिक्रिया दिनुहोस