कोरियामा बस्ने नेपालीहरुले पठाएको रकमबाट बृद्धबृद्धालाई सम्मान र सहयोग

४ मंसिर सल्यान
कोरियामा रहेको १५ जना नेपालीहरुको सहयोग रकम बाट सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ८ मार्केमा बसोबास गर्ने १० जना बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यस्तै एकजना ८५ वर्षिया बृद्धा मोति विष्ट लाई कपडा, जुक्ता, ३० केजीका २ बोरा चामल, कम्बल र सिरक सहित नगद रु १५ हजार ३५० सहयोग गरिएको छ ।
सोही वडा का वडाध्यक्ष जुद्ध बहादुर बुढाथोकी र स्थानीय समाजसेवी लोक बहादुर विष्टले संयुक्त रुपमा सम्मान संगै सहयोग हस्तान्तरण गरेको हुन ।
कोरियामा बस्ने नेपालीहरुले जम्मा ३२ हजार ६ सय रुपैया सहयोगका लागि पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस