पत्रकार महासंघ सल्यानले २५ औं स्थापना दिवस मनायो ।

मंसिर ४, सल्यान
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आज एक कार्यक्रमका विच आफ्नो २५ औं स्थापना दिवस मनाएको छ ।
सल्यान शाखा २०५२ सालमा हरिशरण आचार्यको नेतृत्वमा गठन भएको हो ।महासंघको आफ्नै सभाहलमा प्रतिक इच्छुक शर्माको अध्यक्षताबाट सूर भएको कार्यक्रममा महासंघका उपाध्यक्ष प्रगति गिरीकोे स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा पजिल्ला हुलाक कार्यालयका प्रमुख धिरेन्द्र भण्डारी, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले आफ्नो मन्त्व्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले सत्य तथ्य बुझेर मात्र कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए
स्थापना दिवसको अवसर पारी महासंघलाई जग्गा दान गर्ने टोपेन्द्र कुमार शर्मा करण र सभाहल निर्माणमा सहयोग गर्ने शारदा नगरपालिकाा लाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन महासंघका सहसचिब शिव डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस