सल्यानमा ससुराली जाने क्रममा भिरबाट लडेर मृत्यु

शंकर के सी / ३ मङ्सिर

सल्यानमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङका २३ वर्षिय गोपाल रानाको ससुराली जाने क्रममा भिरबाट लडेर रोल्पामा मृत्यु भएको हो ।

सोमबार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिडेका गोपाल मंगलबार विहान रुन्टीगडीकै धुम्का भीरमा मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए ।

मोटरबाटोबाट करिव २ सय मिटर तल भिरमुनी उनको शव भेटिएको हो । उनको शव मंगलबार विहान स्थानीयहरुले देखेका थिए । घटनास्थलमा होलेरी रोल्पाबाट प्रहरीको टोलि हिडेको वडाध्यक्ष खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस