बा.न.पा. १२ मा दोस्रो वडा अध्यक्ष कप प्रतियोगीता सम्पन्न

बागचौर नगरपालिका वडा नं. १२ ले दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु गरेको छ । बिहिवार बागचौर नगरपालिका वडा नं.१२ दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्द्वै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले नगर भित्रको, खेल क्षेत्रलाई बिकास गर्न आफुहरु लागी परेको बताउँनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बुढाथोकीले आफ्नो कार्यकाल भित्र समृद्ध नगर बनाउने बताउनु भयो । उहाँले सबै क्षेत्रको बिकासमा साथ सहयोग गर्न सम्पूर्ण नगरबासीलाई अनुरोध गर्नु भयो । बागचौर नगरपालिका वडा नं १२ वडा अध्यक्ष दिपक वलीको अध्यक्षतामा सुरु भएको,कार्यक्रममा बागचौर नगरपालिका वडा नं २ अध्यक्ष घनश्याम शर्मा , वडा न ३ अध्यक्ष टिकाराम के सी वडा नं ६ अध्यक्ष भुपेन्द्र राज वली, नेकपा कि कमला वलि,नेपाली काङ्ग्रेसका टिकाराम वली लगाएतकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्तिक ७ गते देखि ९ गते सम्म संचालन हुने वडा अध्यक्ष खेलकुदमा, बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष दिपक वलिले बताउनु भयो । उक्त खेलकुद प्रतियोगिता राष्ट्रिय रेफ्री हरिस वलीको समेत सहभागीता रहेको छ । श्री दुर्गा सरस्वती माध्यामिक बिधालय देउपुरी डाडामा भएको कार्यक्रममा,बागचौर नगरपालिका कार्यपालिका सदस्य कल्पना खत्री द्वारा संचालित उक्त कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य चित्र बहादुर वलीले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस