दियो अनलाइनको भिडियो हेरेर, दृष्टिविहिन दाजुभाइलाई सहयोग

दियो अनलाइन
७ कार्तिक, सल्यान

सल्यान शानपा १२ का दृष्टिविहिन दाजुभाइलाई सहयोग हस्तान्तरण गरिएको छ ।
जन्मजात दृष्टिविहिन दाजुभाई कर्ण बहादुर सुनार र रुद्र सुनारलाई सोही वडा निवासी हाल काठमाण्डौ बस्ने स्व. चेत बहादुर डाँगीकी सम्झनामा श्रीमति कमला डाँगी र छोरी गिता डाँगी भण्डारीले सहयोग गरेका हुन ।
दियो अनलाइनमा भिडियो हेरेर सहयोग गर्नको लागि सल्यान आएका कमला डागी, र गिता डाँगीले १८ हजार बरावरको खाद्यान्न, लत्ताकपडा र नगद ७ हजार सहयोग गरेका हुन ।
स्थानीय समाजसेवी सुरेन्द्र बुढाको पहलमा दृष्टििविहिन दाजुभाइकै गाउँमा सहयोग हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा दियो अनलाइन टिमको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस