सल्यान श्रीनगरमा बन्यो सुविधासम्पन्न बधशाला,यसो भने मन्त्रीले

दियो अनलाइन
७ कार्तिक, सल्यान

सल्यान श्रीनगरमा सुविधासम्पन्न बधशालाको समुद्घाटन संगै संचालनमा आएको छ ।
बधशाला कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, पशु अस्पताल तथा पशु विज्ञ केन्द्र सल्यान र जनसेवी कृषि सहकारी संसथाको सहकार्यमा निर्माण गरिएको हो ।
४५ लाख ५३ हजार लागतमा निर्मित बधशालाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तथा कर्णाली प्रदशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला के.सी.ले अव कर्णालीका बास्तविक किसानले मात्र अनुदान पाउने र कर्णालीलाई कृषिबाट आत्मनिर्भर बनाउने बताइन ।
कार्यक्रममा, जिल्ला समन्वय प्रमुख हरि बुढाथोकी, शानपा १ का वडाध्यक्ष नवराज बुढाथोकी, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख रुपसिंह राई ,श्रीनगगर बजार व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र बुढा, लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता जनसेवी कृषि सहकारी संस्थाका अध्यक्ष नविन भडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस