सल्यानमा दोस्रो वडाध्यक्ष कप खेलकुद सुरु

२ कार्तिक , सल्यान

अन्तरनिहित प्रतिभाको पहिचान, स्वस्थ जिवन र खेलकुद प्रबर्द्दन हाम्रो अभियान भन्ने मुल नाराका साथ शुक्रबार श्री शिशु जागरण माध्यमिक बिधालय बागचौर नगरपालिका वडा नं ९ खोरबारेमा सुरु भएको दोस्रो वडा अध्यक्ष खेलकुद प्रतियोगिताको उद्घाटन गर्द्, कार्यक्रमका प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सदस्य एवं पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले, आफ्नो कार्यकाल सम्म सल्यान जिल्लामा विधुतिकरण गरिसक्ने बताए । उनले देशमा संघीय लोकतान्त्रितक गणतन्त्र लागु भैसकेकाले, अब हुने जनताका बिकासका कामहरु समयमै गरिने कुरा बताए । ससंद बस्नेतले, अबका दिनहरुमा जनताले अपेक्षा गरे अनुसारका कार्यहरू गर्नमा आफुहरु तल्लीन रहने बताए ।उनले अहिले देशमा तिन वटा सरकार भएकाले देशलाई समृद्ध तिर लैजान त्यती कठिन नहुने बताए
। उनले बरु तिनै तहका सरकारको सहकार्य हुन जरुरी रहेको बताए।
पछिल्लो समयमा जनताले दृर्घकालिन बिकासको आशा गरेकाले त्यस तर्फ ध्यानदिन सम्बन्धित निकायलाई जोड दिए ।

दोस्रो वडा अध्यक्ष कप उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले, नगर बिकासको एउटा आधार खेल क्षेत्र भएको बताए । खेलले मानिसको शारीरिक,मानसिक तथा सामाजिक र आर्थिक क्षेत्रलाई बलियो बनाउने भन्दै उहाँले समुर्ण खाले खेललाई विभिन्न कार्यक्रमको आयोजना गरि समुदाय सम्म पुर्याउन बागचौर नगरपालिका लागी परेको बताए । कार्यक्रममा बोल्दै उनले वडा नं। ९ लाई गत वर्ष जस्तै अनुशासित र मर्यादित भएर खेल संचालन गर्न अनुरोध समेत गरेका थिए ।
नगर प्रमुख बुढाथोकीले,खेल क्षेत्रमा खेलाडिहरुमा लुकेर रहेका प्रतिभाहरु लाई मध्यनजर गर्दै वडा अध्यक्ष कप , आधारभुत स्तरिय अतिरिक्त क्रियाकलाप , मा।वि। स्तरिय अतिरिक्त क्रियाकलाप , राष्ट्रपति रनिङ शिल्ड हुदै मेयर कप लगाएतका कार्यक्रमहरु यस आर्थिक बर्षमा आफुहरुले संचालन गर्ने बताए ।

कार्यक्रमका अर्का अतिथि बागचौर नगरपालिकी उप(प्रमुख कल्पना पुनले खेल क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनको लागी आफुहरु लागी परेको बताए।समृद्ध नगरपालिका निर्माण गर्न महिलाहरुको पनि विशेष भुमिका रहने भएकाले त्यस तर्फ बागचौर नगरपालिका सचेत रहेको बताए । उनले नगरपालिकाले अगाडि बढाएका खेल क्षेत्रमा गुणात्मक परिणाम ल्याउन आफुहरु लागी परेको बताए। वडा नं।९ को दोस्रो वडा अध्यक्ष खेलकुद प्रतियोगिताको शुभकामना मन्तव्य राख्दै बागचौर नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेत, नेपाल कमन्युष्ट पाटि९नेकपा० कर्णालि प्रदेश कमिटि सदस्य लोक बहादुर डाँगी, वडा नं। २ अध्यक्ष घनश्याम शर्मा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटि सदस्य शोभाराम भण्डारी, वडा नं। ३ अध्यक्ष टिकाराम के।सी।, वडा नं। ८ अध्यक्ष रोमु शाही, वडा नं। ११ अध्यक्ष मोहन खड्का नेपालि सेना क्याप्टेन दिपक बुढाथोकी, लगाएतका अतिथिहरुले स्थानीय सरकारले जनताको पक्षमा काम गर्नु पर्ने भन्दै त्यसमा सहयोग गर्न आफुहरु लागी पर्ने बताएका थिए।

बागचौर नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष मोहन चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रममा खेलकुद संयोजक जितेन्द्र डाँगीले स्वागत मन्तव्य राखेका थिए।
कार्तिक १ देखि ४ गतेसम्म संचालन हुने उक्त अध्यक्ष कप खेलकुद प्रतियोगितामा बिभिन्न खेलकुदहरु संचालन गरिने वडा अध्यक्ष मोहन चन्दले बताए ।
उद्घाटन कार्यक्रम संचालन बागचौर नगरपालिकाका शिक्षा शाखा कर्मचारी बिरेन्द्र प्रकाश डि सी ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस