सल्यानमा उद्घाटन भयो नृत्य प्रशिक्षण केन्द्र

२ कार्तिक, सल्यान

सल्यानमा न्यू स्टार सल्यान डान्स क्रु उद्घाटन भएको छ ।
शानपा १३ स्यालेघारीमा रहेको न्यू स्टार युथ क्लब नेपाल डान्स क्रुको उद्घाटन गरेको हो ।
कार्यक्रममा स्थानीय समाजसेवी तथा प्रमुख अतिथी बेलधर खड्काले युवा क्लवले सृजनशिल काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
क्लबका अध्यक्ष रवि विएम को अध्यक्षताबाट सुरु भएको कार्यक्रममा कार्यक्रममा समाजसेवी मोहन बुढाथोकी, धन बहादुर बोहराले मनत्व्य राखेका थिए ।
स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले डान्स क्रु संचालन गरिएको र नृत्य क्षेत्रलाई माथि उठाउन लागि पर्ने क्लबका अध्यक्ष रवि विएमले बताएका छन ।

प्रतिक्रिया दिनुहोस