पहाडी भुभागमा आज वर्षाको सम्भावना, हेर्नुहोस् आइतबारसम्मको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरेको छ ।

पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि भएको छ । बांकी भु–भागमा सामान्यतया सफा रहेको छ ।

तीन दिनको मौसमको पूर्वानुमान

कार्तिक ०१ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भु–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकी भु–भागमा मौसम सामान्यया सफा रहनेछ ।

रातिः देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पुर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

कार्तिक ०२ गते (शनिबार)

दिउँसोः देशभरी आंशिक बदली रही अपरान्ह पछि पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०३ गते (आइतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदलि रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस