नेपाल चीनबीच दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, असोज २६ गते ।

नेपाल र चीनबीच विविध विषयमा सहयोग आदानप्रदान सम्बन्धी एक दर्जनभन्दा बढी समझदारीपत्र तजा सम्झौताहरूमा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झौता भएको हो ।

आज समझदारीपत्र तथा सम्झौताहरूमा पूर्वाधार निर्माण, सुरुङ मार्ग निर्माण, दुइदेशबीच कनेक्टिभिटी र सडक सञ्जाल जस्ता विषयमा सम्झौता भएको बताइएको छ । साथै व्यापार विस्तारका, प्राकृत प्रकोप नियन्त्रण जस्ता विषयमा विभिन्न संयन्त्र निमार्ण जस्ता विषयलाई ती समझदारी पत्रमा समेटिएको छ । यसअघि चिनियाँ राष्टपति सी चिनफिङ र प्रधानमन्त्री के पी शर्मा ओलीबीच उच्च स्तरीय वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
दिउँसो १ बजे सी स्वदेश प्रस्थान गर्नेछन् ।

रासस

प्रतिक्रिया दिनुहोस