चिनियाँ राष्ट्रपति आज नेपाल आउँदै, भ्रमणका क्रममा विमानस्थल बन्द हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं अवतरण र फर्किने क्रममा विमानस्थल केही समय बन्द हुने जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नोटाम (नोटिस टु एयरम्यान) जारी गर्दै शनिबार दिउँसो २:५ देखि साँझ ५:२५ र सी फर्किने क्रममा पनि आइतबार बिहान ११:२० देखि दिउँसो १:५० सम्म विमानस्थल बन्द हुने जनाएको छ ।
यस अवधीमा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस