तरकारी बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु ६ घाइते

असोज १० सल्यान

सल्यानमा तरकारी बोकेको गाडी पल्टीदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ४ किमचौरबाट कपुरकोट बजारमा तरकारी बोकेर आउदै गरेको लु १ च ४१५३ नम्बरको पिकप गएराती १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि किमचौरका ६७ वर्षिया कर्नी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनकाअनुसार घाइते ६ जनालाई उपचारको लागी दाङ तइिएको छ भने केहिको अवस्था गम्भीर छ ।

शुक्रबार कपुरकोटमा लाग्ने हाटबजारको लागी उनिहरु सबै पिकपमा तरकारी लोड गरेर राती हिडेका थिए । गाडी सडकदेखि सय मिटर तल खसेको छ भने चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी खतिवडाले बताए । घटनाको बारेमा अनुसन्धान भैरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस