अज्ञात समूहद्वारा सिद्ध कुमाख गाउँपालिकाको गाडीमा आगजनी

दियो अनलाइन
भाद्र २९, सल्यान

सल्यान सिद्धकुमाख गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ ।
३ नं वडामा पर्ने गाउपालिकाको कार्यालयमा पार्किङ्ग गरि राखिएको रा १ झ १७० नम्बरको गाडिमा अज्ञात समूहले आगजनी गरेको हो ।
कार्यालय अगाडि राखिएको टाटा कम्पनीको डबल क्याप गाडीमा शनिबार राती ११ः४३ मा आगनजनी भएको ढोरचौर प्रहरीको भनाइ छ ।
रातीको समय भएकाले स्थानीयवासी निन्द्रामा रहेको र आफुहरु गाडि जलेर ठुलो आवाजमा पड्किएपछि मात्रै थाहा पाएको प्रहरीले बतायो ।
स्थानियले थाहा पाए लगतै गाडिमा लागेको आगो नियन्त्रणमा लिएका थिए । आगो कसले लगाएको भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस