दियो अनलाइन
भाख्र २४, सल्यान
नेपालका १०१ उत्कृष्ठ शिक्षकको रुपमा सल्यान जिल्लाबाट निराजन मावि ढोरचौर सल्यानका प्रअ
धर्मराज घर्ती मगर छानिएका छन ।
४० औं राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशका १०१शिक्षक/प्रशिक्षक/ प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्ने भएको छ ।
सल्यानबाट उत्कृष्ठ प्रधानाध्यापकको रुपमा जिल्लाको सिद्धकुमाख गाउँपालिकामा रहेको निराजन मावि का
धर्मराज घर्ती रहेका छन ।
शैक्षिक क्षेत्रमा उत्कृष्ठ काम गरको भन्दै उनलाई परस्कृत गर्न लागिएको हो ।
२०५२ साल देखि शिक्षण पेशामा संलग्न घर्ती २०५६ सालमा निराजन माविमा शिक्षकको रुपमा प्रवेश गरि २०६१ सालदेखि हाल सम्म सो विद्यालयको प्रअ को रुपमा कार्यरत रहेकाछन ।
मावि तह अन्तर्गत कक्षा १२ सम्म पढाई हुने विद्यालयमा हाल आएर कक्षा ९ देखि १२ सम्म भेटेरीनरी कक्षा संचालन हुदै आएको छ ।
सो विद्यालयले जिल्लामै पहिलो पटक पशु उपचार केन्द्र पनि संचालनमा ल्याएको छ ।
पुरस्कृत हुने भएपछि आफुमा झन बढि जिम्मेवारी थपिएको र अझ थप काम गर्न हौसला थपिएको प्रअ धर्मराज धर्तीले दियो अनलाइनलाइ बताए ।