सल्यानकी विन्दु विकको दुवै मृगौला फेल, श्रीमानले अर्कै संग विहे गरे, सहयोगको लागि आग्रह

दियो अनलाईन
भाद्र २४, सल्यान
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ बस्ने ३२ वर्षिया विन्दु वि.क. दुवै मृगौला फेल भएपछि उपचारको अभावमा छटपटाइरहेकी छन ।
२ जना बच्चाकी आमा समेत रहेकी विन्दु का श्रीमान दोस्रो विहे गरेर भारत पसे देखि सम्पर्क विहिन बनेका छन ।
कमजोर पारिवारीक अवस्थाका कारण उनको उपचार हुन नसकेको विन्दुका बुवा नियम विकले बताए ।
विगत १० महिना देखि दुवै मृगौला फेल भई विभिन्न अस्पतालमा उपचार गराउदै हाल सुमेरु हस्पिटल ललीतपुरमा डायलासिस मार्फत उपचार भईरहेको छ ।
डाक्टरको सल्लाह अनुसार उनको छिटै नै मृगौला प्रत्यारोपन गर्नुपर्ने र त्यसको लागि ठुलो रकम खर्च हुने भएकाले सबैले सहयोग गरि विन्दुको जिवन रक्षा गरिदिनका लागि उनका बुवा नियम वि.क.ले आग्रह गरेका छन ।
मृगौला पिडीत विन्दुलाई सहयोग गर्न माछापुछ्रे बैंक चावाहिल शाखाको खाता नं. ५६—२३—५२४—६९७८३८—०१७ मा रकम जम्मा गर्न सकिने जानकारी विन्दुका परिवारजनले गराएकाछन ।

प्रतिक्रिया दिनुहोस