त्रिवेणी गाउँपालिकामा टेण्डर दर्ता गर्न जाँदा हातपात भएको भन्दै प्रशासनमा उजुरी

भाद्र १९, सल्यान

सल्यानको त्रिबेणी गाउँपालिकाले,आह्वान गरेको,नदिजन्य पदार्थ,उत्खनन सम्बन्धि आफुहरुलाई आक्रमण गरि , बोलपत्र दर्ता गर्न नदिएको भन्दै,सल्यानका एक ब्यवसायीले जिल्ला प्रशासन कार्यालय सल्यानमा मुद्दा दर्ता गराएका छन् ।

त्रिबेणी गाउँपालिकाले , नदिजन्य पदार्थ  ( ढुंगा,गिट्टी,बालुवा आदि) उत्खनन सम्बन्धि भाद्र ३ गते प्रकाशित गरेको सुचना अनुसार भाद्र १८ गते ठेक्काको लागी बोलपत्र दर्ता गराउन जानेक्रममा आफुलाई गाउँपालिकाको गेट भित्रै हातपात भएको भन्दै खैरावाङ कन्ट्रकशन प्रा.लिका संचालक डिल्ली खड्काले दुखेसो पोखेका हुन ।

गाउँपालिकाले सूचना प्रकाशित गरे अनुसार दरभाउ सहितको शिलबन्दी बोलपत्र दर्ता गर्न जाने क्रममा बुधबार बिहान ११ बजेर ५२ मिनेटमा हातपात गरि नियन्त्रणमा लिएर शिलबन्दी बोलपत्र दरभाउको समय सकियपछि मध्यहण १२ बजे आफुलाई दुव्र्यवहार गर्द्वै छोडेको उनले बताएका छ्न ।

आफ्नो प्रा.लि संगै स्वपनिल कन्ट्रकसन प्रा,लिको शिलबन्दी बोलपत्र पनि आफुले दर्ता गर्न लिएर जादै गर्दा, गाउँपालिकाको मुलगेटमा बसेका सोही गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगिका छोरा क्रसर संचालक, पोखरसिंह डाँगी, अनमोल श्रेष्ठ र गाउँ प्रहरी केशव वलिको नेतित्वमा रहेका करिब ५० जना युवाहरुको समुहले आफुलाई हातपात गरि नियन्त्रणमा लि ठेक्का दर्ता गर्न नदिएको खड्काले बताएका हुन ।

यस घटना बारे त्रीवेणी गाउँपालीका सल्यानका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले,गाउँपालिका भित्र निबेदनमा उल्लेख गरिए अनुसारको कुनै पनि घटना नघटेको बताएका छ्न ।उनले १५ दिन अघि गाउँपालिकाले सिलबन्दी सहितको बोलपत्र आह्वान गरेको र भाद्र १८ गते मद्य्हण १२ बजे सम्म अन्तिम समय रहेको त्यो समयमा १२ जनाले मात्र,बोलपत्र दर्ता गराएको बताएका थिय ।अधिकृत डाँगीले इलाका प्रहरी कार्यालय लुहाम र गाउँ प्रहरी समेत डिउटिमा रहेको बताउँदै , गाउँपालिकाको गेट भन्दा बाहिर त्यस्तो घटना घटेको भए आफुलाई थाहा न भएको ,गेट भित्र त्यस्तो बाताबरण नरहेको बताएका छन् ।

त्यस्तै स्वपनिल कन्ट्रक्सन प्रा.लिका संचालक राजेन्द्र कुमार थापाले आफुहरुले दरभाउमा उल्लेखित गरेको जम्मा,रकमको ५/५ प्रतिशत गाउँपालिकाको खातामा जम्मा गरेको बताए ।उनले,आफुहरु प्रती गरेको दुरव्यबहारको न्यायीक छानबिनको लागी जिल्ला प्रशासन कार्यालय सल्यानमा बुधबार नै ,मुद्धा दर्ता गराएको बताएका थिय । उनले उक्त घटनाको सिसि टिभी फुटेज समेत,निवेदन सहित सम्बन्धित निकाएमा पेश गरिएको बताएका छन् ।यस घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा,सार्वजनिक स्थानमा आफुलाई हातपात गर्ने पोखर सिंह डाँगी,अनमोल श्रेष्ठ र केशव वलिलाई मुद्दा लगाउनुको साथै,उक्त दरभाउ टेन्डर रद्द गरि पुन टेन्डर गराउनको लागी,खैरावाङ्ग कन्ट्रकशन प्रा.लिका संचालक डिल्ली खड्काले निवेदन पेश गरेको र यस बारे जिल्ला प्रसाशन कार्यालय सल्यानले अनुसन्धानको कार्यलाई अगाडि बढाएको जिल्ला प्रशासन कार्यालय सल्यानका सूचना अधिकारी नारायण प्रशाद लामिछानेले बताएका छ्न।अधिकारी शर्माका अनुसार ,गाउँपालिका र प्रहरी प्रशासनको समेत मिलेमतो रहेको भन्ने बिषय निवेदनमा उल्लेख गरिएको हुनले यसमा आफुहरुले गहिरो अनुसन्धान गरेर दोषी उपर कार्वाही गर्ने बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस