सल्यान काभ्राका किसान तरकारीमा आकर्षित (भिडियो सहित)

दियो अनलाईन

भाद्र १८, सल्यान ।

सल्यान त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राका किसानहरु आजभोली तरकारी खेतीमा व्यस्त हुन थालेका छन् । तरकारीबाट आफ्नो जीविकोपार्जन हुन थालेपछि किसानहरु तरकारी खेतीमा आकर्षित भएका हुन् ।
करिब ३० घरधुरी रहेको तल्लो काभ्रामा अहिले झण्डै एक दर्जन घरपरिवार व्यवसायीक रुपमा तरकारी खेतीमा लागेका छन् । उनिहरुले खेतमा टनेल निर्माण गरेर खेती गरेका छन् । यहाँ विषेशगरी टमाटर, गोपी, सिमी उत्पादन हुने गरेको किसान हिरा बोहरा बताउछिन् ।
आफुले तरकारीबाट वार्षिक ८० देखि ९० हजारसम्म कमाउने गरेको उनले सुनाईन् । उनि भन्छिन्, “घरमा त्यत्तीकै बस्नुभन्दा आफ्नो बारीलाई प्रयोगमा ल्याउन तरकारी खेती गरेका छौ, धेरै आम्दानीको लक्ष्य नभएपनि घर खर्च चलाउन सजिलो हुन्छ । आफुले पनि स्वस्छ तरकारी खाना पाईन् । धेरैजसो त बिक्री गर्छाै ।”
उनका अनुसार कार्णली प्रदेश सरकारले गत आर्थिक वर्ष यहाँका ३ घरलाई आधुनिक टनेल सहयोग गरेको थियो । उक्त टनेलमा अहिले भर्खर टमाटर रोपेको र त्यसबाट उत्पादन धेरै हुने आस गरेको उनले बताइन् ।
तरकारी बिक्रीको लागी पहिले काभ्रामै तरकारी प्रसोधन केन्द्र संचालनमा आएपनि उत्पादन कम भएको कारण अहिले संचालनमा आउन नसकेको किसानहरु बताउछन् । यहाँ उत्पादन भएको तरकारी काभ्रा बजार, लुहाम, श्रीनगर र दाङसम्म पुग्ने गरेको अर्का किसान हुकुमी बोहराले बताइन् ।
उनि भन्छिन्, “हामीले धेरै नसकेपनि आफ्नो घरखर्च टार्नको लागी तरकारी फलाउछौँ । विस्तारै सिक्दै पनि छौँ । राम्रो भयो भने भोलीका दिनमा धेरै तरकारी उत्पादन गर्ने चाहाना छ ।”
के छ समस्या ?
तरकारी धेरै उत्पादन गर्ने लक्ष्य भएपनि रोग किराको कारण राम्रो हुन नसकेको किसानहरुको दुखेसो छन् । उनिहरुले रोग किरा नियन्त्रण गर्न सके राम्रो उत्पादन हुने बताउछन् ।
त्यसैगरी टमाटरको राम्रो बजार भएपनि गोपी र सिमी भने बिक्री नहुने गरेको किसानको गुनासो छ । कृषक हुकुमी बोहराले भनिन्, “हामीले गतबर्ष धेरै गोपी उत्पादन गयौँ, तर बिक्री कत्ती पनि भएन् । ५ रुपैया केजी दिदा पनि व्यापारीहरु लिन मानेनान् ।”
भारत तथा तराईमा चैत–बैशाखमा गोपी उत्पादन हुने र यहाँ पनि त्यही समयमा उत्पादन गर्दा बिक्री हुने नगरेको किसानको बुझाई छ । तराईको गोपी सस्तोमा बिक्री हुँदा पहाडको कमै नलाग्ने गरेको उनिहरु बताउछन ् ।

प्रतिक्रिया दिनुहोस