चोरले कार चोरेर श्रीनगरबाट शंखमुल लगे, कार छोडी मोटरसाइकल चोरे

दियो अनलाइन
भाद्र १०, सल्यान

सल्यानमा अचम्मको चोरी भएको छ । एक ठाउँबाट गाडि चोरी गरेर लिदै गर्दा अर्को ठाउबाट मोटरसाइकल चोरी भएको खुलेको छ । सल्यान शारदा नगरपालिका १ श्रीनगर स्थित एस बि ईलेक्ट्रोनिक्स सेन्टरको घरमै पार्किङ गरि राखेको कार चोरेर लिनेले छत्रेस्वरीको शंखमुलबाट घरमै राखेको मोटरसाइकल चोरेर लगेको खुलेको हो ।

एकै रातमा श्रीनगरबाट रा १ च ९६१ नम्बरको कार चोरी गर्नेले रा ५ प १९५२ नम्बरको गाडी पनि चोरी गरेको छ । श्रीनगरका व्यापारी सुरेन्द्र बुढाको कारको लक तोडी शंखमुल पुरयाई बिपरित दिशाबाट आएको विवरण नखुलेको गाडी संग ठोकिदा कार बाटोमै छोडेर सोही स्थानबाट सन्तोष रेग्मीको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल चोरेको खुलेको हो । चोरले मोटरसाइकल संगै एकजोडा जुत्ता पनि लिएको लिएको खुलेको छ । पुराना चप्पल छोडेर घरमा प्रयोगमा भएका जुत्ता लिएको भेटिएको हो ।

गाडि अर्को स्थानमा लिएर गाडीमा ठोक्काउने र सोही स्थानबाट मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहीले हराएको मोटरसाइल चोर्ने र गाडी श्रीनगरबाट शंखमुल लिएर व्यक्ती तथा समूह उहि या फरक हो भन्ने विषयमा अनुसन्धान भैरहेको बताए । उनले अहिले मोटरसाइकल तथा चोरी गर्ने व्यक्तीको खोजी गरिएको भन्दै उनले कसले कुन उद्देश्यका साथ लिएको भन्नेबारे अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस