दियो अनलाइन
भाद्र १०, सल्यान
श्री लक्ष्मी माध्यमिक बिधालय शारदा नगरपालिका वडा नं।१३ स्यानिखालकी बिधालय ब्यवस्थापन समिति अध्यक्ष योगमाया घर्तिले शैक्षिक संस्थामा राजनीति नगर्न अनुरोध गर्नु भएको छ ।
लक्ष्मी माध्यमिक बिधालय स्यानिखालको स्थापना देखी हाल सम्म आफ्नो परिवारले खेलेको भुमिका बारे जानकारी दिदै उहाँले, यस्तो बताउँनु भएको हो । आफु त्यस बिधालयको अध्यक्ष भएपनि पछिल्लो समयमा बिधालय ब्यवस्थापन समितिको निर्णयलाई उल्टाउनु खोज्ने,बिधालयको शैक्षिक स्तरलाई ख्याल गर्ने भन्दा राजनितिकरण गर्न खोज्ने प्रवृत्ति हाबी भएकाले, उक्त प्रवृत्तिको अन्त्य गर्नका लागी सबैमा अनुरोध गर्नु भएको छ ।
स्यानिखाल बासीलाई शिक्षित बनाउनको लागी २००९ सालमा आफ्ना, स्वर्गीय बुवा भागीराम घर्तिले भारतको लखनौबाट दुईजना शिक्षक ल्याएर पठन पाठन सुरु गरि बिधालय स्थापना गरेको बताउदै,उक्त बिधालयकी अध्यक्ष घर्तीले लक्ष्मी माध्यामिक बिधालयका संस्थापक भागीराम घर्तीको कार्यकाल देखी हाल सम्म करिव १ करोड माथीको आर्थिक तथा भौतिक सहयोग आफ्नो,घर्ती परिवारले बिधालयलाई गरि सकेको बताउँनु भयो ।
२०७० सालको निर्वाचनमा सल्यान क्षेत्र न २ मा नेपाल परिवार दलबाट प्रत्येक्ष संसदमा चुनाव लड्नु भएकी घर्तिले बिधालयलाई आफ्नो बुवाले छत्रेश्वरीको लान्ती बजार नजिकै,साढे तिन रोपनी जग्गा हस्तान्तरण गर्नु भएको र हाल उक्त जग्गाको मुल्य करि ९५ लाख भन्दा बढीको हुन आउने,पछिल्लो समयमा आफ्नो पहलमा अमेरिकामा रहनु भएकी आफ्नी दिदि इन्द्रीरा घर्तीले स्वर्गीय बुवा भागीराम घर्तीको सम्झनामा एक लाखको अक्षयकोष निर्माण गर्नु भएको र उक्त अक्षयकोषको ब्याज बाट बार्षिक उक्त बिधालयका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदै आएको बताउँनु भयो ।२०७१ सालमा आफ्नो कोरियाना बस्ने, दिदि नारायणी घर्ती,युकेमा बस्ने बहिनी कबिता घर्ती९गुरुङ ० र ज्वाई एलबी गुरुङ लगाएत सयपत्री कल्चर ग्रुपले सो बिधालयमा चार लाख बराबरको खानेपानी ट्याङ्की निर्माण गरेको र कविता गुरुङले नै एकलाख बराबरको फर्निचरको सामान प्रदान गरेको बताउँनु भयो ।उक्त बिधालयका बिद्यार्थीहरुलाई कमप्युटर शिक्षा प्रदान गर्नको लागी, आफुले २ थान कमप्युटर र साँस्कृतिक कार्यक्रमका लागी विभिन्न बाजाहरु गरेर रु १ लाख बढिको सामान हस्तान्तरण गरेको अध्यक्ष योगमाया घर्तीले बताउँनु भयो ।बिधालय लाई सल्यान जिल्लाका नेता मनोज प्रधानले समेत कमप्युटर प्रदान गर्नु भएको थियो उहाँले भन्नु भयो ।
दियो अनलाइन संग कुरा गर्दै,पछिल्लो समयमा समाज सेवामा लागेकी योगमाया घर्तीले स्यानिखाल अत्तरकाँडाका बिभिन्न टोलहरुमा लाखौ खर्च गरेर ब्यक्तिगत लगानीमा नारायणी घर्ती,कविता घर्ती९गुरुङ ० र आफुले मोटर बाटो समेत पुर्याएको बताउँनु भयो । लक्ष्मी माध्यामिक बिधालयको अध्यक्ष आफु भय यता,बिद्यार्थीको भबिस्यलाई ख्याल नगरी,राजनीति पुर्वाग्रहि ढंगले आफुलाई कसरी पछि पार्ने भनेर एउटा टिमनै ब्यापक्ताका साथ लागी परेको भन्दै आफु लगाएत आफ्नो परिवारले त्यस बिधालय बाट कुनै लनि स्वार्थ नलिएको र आगामी दिनहरुमा पनि नलिने बरु केहि सहयोग गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष घर्तिले बिधालयमा राजनितीकरणको अन्त्य गरि दिनुहुन उक्त वडाका राजनीतिक दलहरु,वडा अध्यक्ष लगाएत शारदा नगरपालिकाका नगर प्रमुख शुरेस अधिकारी,उपप्रमुख साबित्रा बस्नेतलाइ अनुरोध गर्नु भएको छ ।
अध्यक्ष घर्तीले आफुहरुको सल्यान माइतीघर भएपनी आफु जन्मेको माटोमा, जिल्लाको हितका लागी जुनसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताउँनु भयो ।
यसै बिषयमा श्री लक्ष्मी माध्यमिक बिधाल स्यानिखालकी प्रधानध्यापक गंगा गिरिले योगमाया घर्तीको परिवारको बिधालय प्रतिको सहयोग सदाको लागी सम्मान गर्नलाएक भएको बताउँनु भयो ।उहाँले शैक्षिक स्तरलाई सुधार गर्न अथहक प्रायस गरेको बताउदै संसारमा त्यस्ता सहयोगि मनहरु कमैमात्रामा रहने बताउनु भयो ।
हाल लक्ष्मी माध्यामिक बिधालय शारदा नगरपालिका वडा नं।१३ स्यानिखाल,१२ कक्षा सम्म संचालन भएको र करिब ३ सय ५० जना विद्यार्थी संख्या रहेको प्र।अ गिरिले बताउँनु भयो ।