सल्यानको निराजन माविले पशु उपचार केन्द्र सञ्चालनमा ल्यायो ।

दियो अनलाइन
भाद्र ४, सल्यान

सिद्ध कुमाख गाउँपालिका ३ ढोरचाैरमा रहेको निराजन माविले पशु उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, ३ नं. वडाका वडाध्यक्ष शालिकराम बुढाथोकी, वि.व्य.स. अध्यक्ष हुमलाल सुनार, निराजन माविका प्र.अ. धर्मराज घर्ति, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगाएतको उपस्थितिमा पशु उपचार केन्द्र उद्घाटन गरिएको छ । निराजन माविले यसै वर्ष देखि प्राविधिक धारमा पशु विज्ञानको पढाइ सुरू गरेको हो । उद्धाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले सिद्ध कुमाख गाउँपालिका कृषि प्रधान गाउँपालिका भएको त्यसमा पनि पशुपालन व्यवसायमा धेरै जना संलग्न रहेको र निराजन मावि पशु उपचार केन्द्रले पशुपालनको क्रममा देखा पर्ने समस्याहरू हटाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ र यसको प्रवधन गर्नको लागि आफु सधै लागिपर्ने समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस