बालबोध आधारभुत बिधालय कोटबाराको दुइ कोठे पक्की भवन उद्घाटन तथा सार्वजनिक सुनुवाइ सम्पन्न

दियो अनलाइन
असार १३, सल्यान

श्री बालबोध आधारभुत बिधालय बागचौर नगरपालिका वडा नं. ७ कोटबाराको दुइ कोठे पक्की भवन उद्घाटन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रवार सम्पन्न गरिएको छ । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरिएको भवन उद्घाटन गर्द्वै कार्यक्रमका प्रमुख अतिथि,पुर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेतले समाज रुपान्तरण हुँदै देश निर्माण गर्ने,दक्ष जनाशक्ती उत्पादन गर्ने थलो बिधालय भएकाले,बिधालय र बिद्यार्थीको शैक्षिक स्तर बिर्द्वी गर्न सबै लाग्नु पर्ने बताउँनु भयो ।पछिल्लो समयमा शैक्षिक सुधार भै रहेको बताउँदै सासंद बस्नेतले,स्थानीय सरकारको प्रभाव शैक्षिक क्षेत्रमा बढ्दै गएको बताउँनु भयो ।उहाँले पछिल्लो समयमा,बिकास निर्माण सम्पन्न भएका हरेक योजनाहरुमा सार्वजनिक सुनुवाइ गर्ने बिधी तिब्र रुपले बढेको बताउदै उक्त प्रक्रिया जनतामुखी हुने बताउँनु भयो ।कुनै पनि बिकास निर्माण प्रक्रिया बारे बुझन पाउने अधिकार जनताको भएकाले यस्मा सबै लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमका अतिथी बागचौर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष शेरबहादुर घर्तिले आफ्नो वडाको सम्पुर्ण बिकासका लागी आफु सबैको सहकार्यमा लागेको बताउँदै आफ्नो कार्यकालमा आफु जनामुखी बिकासमा लागी पर्ने बताउनु भयो ।उहाँले २०१३ साल बाट संचालन भएको उक्त बिधालयल लाई सबै भन्दा ठुलो योजना पारेकोमा संघिय सासंद टेकबहादुर बस्नेतलाई धन्यवाद दिनु भयो ।कार्यक्रममा बोल्दै बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसिले शिक्षाको गुणस्तरीयता कायम राख्नको लागी अभिभावकको पनि, महत्त्वपूर्ण भुमिका रहने भएकाले,आफ्न बालबालिका अध्यान गर्ने बिधालयमा अनुगमन गर्न सम्पुर्ण अभिभावक हरुलाई अनुरोध गर्नु भयो ।उहाँले पछिल्लो समयमा बिधालयमा बिद्यार्थीको संख्या वृद्धि गर्न दिवा खाजाले मुख्य भुमिका खेलेको बताउँनु भयो । कार्यक्रममा बागचौर नगरपालिका वडा न ७ का वडा सदस्य ओमकार वलि,श्री बालकन्या माध्यमिक बिधालयका प्र.अ उमेश कुमार बुढाथोकी,नेकपा जिल्ला कमिटी सदस्य प्रेमबहादुर डाँगि,नेपाली काङ्ग्रेस वडा नं. ७ का सभापति तिलक बहादुर खड्का लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । बालबोध आधारभुत बिधालयको दुइकोठे भवन लेखापरीक्षण समितीका अध्यक्ष दिलबहादुर वलिको सभापतित्व र सोहि बिधालयका पुर्व प्र.अ बिरेन्द्र प्रकाश चन्दको स्वागत मन्तव्यमा बाट सुरु भएको कार्यक्रममा बागचौर नगर शिक्षा समिति सदस्य सोभाराम भण्डारी,बागचौर नगरपालिकाका इन्जिनियर ज्ञानु बस्नेत,,बालबोध आधारभुत बिधालयका भुपु बिब्यस समिति अध्यक्ष गोबिन्द बहादुर चन्द , हालका अध्यक्ष लोकेन्द्र बहादुर चन्द,पुर्व शिक्षक अभिभावक संघ अध्यक्ष नबिन मल्ल,वडा न ७ का सचीव केशव चन्द ,उक्त भवन निर्माण समितिका अध्यक्ष राजबहादुर वलि,शहिद स्मृति युवा क्लबका अध्यक्ष हिरासिंह चन्द,सदावार युवा क्लब सल्लाहकार अध्यक्ष क्षेत्र प्रकाश राणा,सयपत्री आमा समुहकि अध्यक्ष कुन्ती वलि लगाएतको उपस्थिति रहेको थियो । दुईकोठे भवन उद्घाटन कार्यक्रमको, अबसरमा सो -बिधालयका बालबालिकालाई पठनपाठनमा सहज होस भनेर सयपत्री महिला बिकास समिति बागचौर नगरपालिका वडान ७ ले कक्षा बिछाउनको लागी म्याट हस्तान्तरण गरेको थियो । स्थानीय पुर्वाधार बिकास समितिको १० लाख आर्थिक सहयोग,बिधालयको आन्तरिक आर्थिक सहयोग र स्थानीय बासिको जनश्रमदान गरेर जम्मा १२ लाखमा सम्पन्न योजनाको आयब्यय,सोहि बिधालयकी शिक्षिका हरिकला बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सोहि बिधालयका प्रधानध्यापक बुद्धिमान कवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस