कुपिण्डेतालमा डुवेका गोकुल बुढाको सव खोज्न सशस्त्रको गोताखोर टोली आउदै

दियो अनलाइन
असार १३, सल्यान

सल्यानको कुपिण्डेतालमा असार ९ गते पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बनगाड कुपिण्डे नगरपालिका ८ का ३६ वर्षिय गोकुल बुढाको सव पत्ता लगाउन सशस्त्रको ५ जनाको गोताखोर टोली  सल्यान आउन लागेको छ । । बुढाको सव खोज्नको लागि सशस्त्र प्रहरीको कुरिन्टार गोताखोर टोली सल्यान आउन लागेको हो ।
गोताखोरको टोली हिडिसकेको र भोली असार १४ गते विहान १० बजे पछि वेपत्ता बुढाको सव खोज्न सुरु गरिने सशस्त्र प्रहरी बल सल्यान गुल्मका डिएसपी विमल डाँगीले दियो अनलाइनलाई  जानकारी दिनुभएको छ ।
गत सोेमबार बेलुकी तालमा पौडी खेल्न गएका पौडि खेल्ने क्रममा तालमा डुबेका थिए । उनिसँगै पौडि खेलेका अन्य तिन जना साथिहरु सकुशल रहेको भएपनि उनि भने तालमा डुवेको स्थानियले बताएका छन् । उनि तालमा डुवेपछि अहिले सम्म उनको शव भेटिएको छैन । मंगलबार देखि सव खोज्न प्रहरी, सशस्त्र प्रहरी सक्रिय रहेपनि अहिले सम्म सव पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस