बागचौर नपा ११ वाफुखोलामा आ.ब. २०७५/०७६ को सार्वजनिक सुनुवाइ सम्पन्न

दियो अनलाइन
असार १२, सल्यान

बागचौर नगरपालिका वडा नं. ११ ले आर्थिक बर्ष २०७५/०७६ मा सप्पन्न गरेका ठुला योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ । बिहिवार वडा नं. ११ को कार्यालयमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागचौर नगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष मोहनलाल खड्काले वडाको समृद्ध बिकासको लागी सबै मिलेर जानुको बिकल्प नरहेको बताउँनु भयो ।उहाँले बागचौर नगरपालिका वडा नं. ११ को मुख्य समस्या भनेको जनप्रतिनिधिहरुको चरीत्र हत्या गर्ने, खुट्टा तान्ने र अनावश्यक प्रचार बाजी गर्ने रहेकाले यस्ता क्रियाकलापमा नलाग्न सबैमा,अनुरोध गर्नु भएको थियो ।अध्यक्ष खड्काले आर्थिक बर्ष २०७५/०७६ मा नगरपालिका बाट परेका अधिकांश योजनाहरु सम्पन्न भैसकेका र बाँकी योजनाहरुलाई छिटो सम्पन्न गर्न उपभोक्ता समितिहरु लाई निर्देशन दिएको बताउँनु भयो ।आफ्नो कार्यकाल भित्र चुनावमा गरेका प्रतिबद्धताहरु पुरा गरेर समृद्ध वडा गराउने बताउँनु भयो ।बागचौर नगरपालिकाकै कान्छा वडा अध्यक्ष समेत रहेका,खडकाले कुनै पनि योजनामा आर्थिक अनियमितता गरेको थाहा पाय , वडा बासिमा खबरदारी गर्न अनुरोध गर्नु भयो । कार्यक्रमलाई सफलताको, शुभकामना मन्तव्य दिदै जनमुखी आधारभुत बिधालय चौखिनेटाका बिब्यस अध्यक्ष झुपलाल वलि र वडा सदस्य शेरबहादुर खत्रीले आगामी दिनहरूमा बिकासको गतिले तिब्रता लिने बताउँदै,सबै क्षेत्रको समान दृस्ठिकोण रहने बताउँनु भयो ।दोभान बजार,रातामाटा,हुँदै ११ नम्बर वडा कार्यालय,पानीचौर जोडने बिधुत लाइन बिस्तार योजनाका अध्यक्ष इन्द्रबहादुर वलिको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा ४ लाख भन्दा बढीका, वडामा सम्पन्न भएका,महत्त्वपूर्ण चार वटा योजनाहरुको सार्वजनिक सुनुवाइ गरिएको थियो ।जस अन्तर्गत २१ लाखको बागचौर नगरपालिका वडा नं. १२ को दोभान बजार,रातामाटा, हुँदै ११ को वडा कार्यालय,पानीचौर सम्म जोडने बिधुत लाइन,बिस्तार योजना,२१ लाखको,धादेमारे,जुता छराउने शहिद रिङ्गरोड योजना,८ लाख रकमको सिमनेटा टोल लिप्ट सिस्टम खानेपानी योजना र ४ लाख ५० हजारको तिम्ल्यागैरी खर्क लिप्ट सिस्टम खानेपानी योजनाहरुको सार्वजनिक सुनुवाइ गरिएको थियो ।उक्त योजनाहरुबाट ११ नम्बर वडा बासिहरुलाई सहजता भएको सर्वसाधारणहरुले बताएका थिय । दोभान बजार,रातामाटा हुँदै ११ को वडा कार्यालय,पानीचौर जोडने बिधुत लाइन बिस्तारका योजनाका सचीव भरत कुमार वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सर्वसाधारणले उठाएका जिज्ञासा्हरुको समाधान सम्बन्धित योजनाका अध्यक्ष,सचीव र ११ का वडा अध्यक्ष मोहन खड्काले दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस