सल्यानको कुपिण्डेतालमा पौडि खेल्न गएका एक व्यक्ति डुबेर वेपत्ता

दियो अनलाइन

असार ११, सल्यान ।

सल्यानको कुपिण्डेतालमा   डुबेर वेपत्ता भएका एकजना तिन दिनसम्म पनि भेटिएका छैनन् । गत सोेमबार बेलुकी तालमा पौडी खेल्न गएका बनगाड कुपिण्डे नगरपालिका ८ का ३६ वर्षिय गोकुल बुढा पौडि खेल्ने क्रममा तालमा डुबेका थिए । उनिसँगै पौडि खेलेका अन्य तिन जना साथिहरु सकुशल रहेको भएपनि उनि भने तालमा डुवेको स्थानियले बताएका छन् । उनि तालमा डुवेपछि अहिले सम्म उनको शव भेटिएको छैन । सोमबार वेलुकी डुवेका बुढाको शव मंगलबार दिनभर स्थानिय र प्रहरीले खोज्दा पनि नभेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले बताए । आज बुधबार पनि खोजिने तर नभेटिएमा शव खोज्नको लागी गोताखोर उपलव्ध गराइदिन माग गरिने उनले बताए ।

झण्डै ३४ मिटर गहिरो कुपिण्डेतालमा पछिल्लो पटक झण्डै २ दर्जन डुंगा संचालन भएको भएता पनि भौगालिक रुपमा ताल अफ्ठ्यारो भएकोले पौडिको लागी जोखिमपुर्ण मानिन्छ । ३० हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे तालकोे लम्बाइ १ हजार २ सय मिटर र चौडाइ २५० मिटर तथा गहिराइ ३४ मिटर छ । कुपिण्डे ताल समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ । यहाँ देशका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस