सिद्ध कुमाख गाउँपालिकाले गर्‍यो २०७६/७७ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत

दियो अनलाइन
असार,११ सल्यान

मंगलबार सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आर्थिक वर्ष२०७६/७७ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। संघिय सरकारको वितिय समाणिकरणबाट ७ करोड ४ लाख, शसर्त अनुदानबाट ८ करोड ३५ लाख र संघिय सरकारको राजस्व वाँडफाडबाट ५ करोड २७ लाख त्यस्तै प्रदेश सरकारको वित्तिय समानिकरणबाट १ करोड ४ लाख ९० हजार र राजस्व वाँडफाडबाट ५ लाख २७ हजार प्राप्त भएको छ ।

सिद्ध कुमाख गाउँपालिकाको चालु आर्थिक वर्षको संचित रकम रु ५० लाख र आन्तरिक आय रु ४० लाख गरि कुल २२ करोड ६६ लाख १७ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले सभामा प्रस्तुत गरेकि हुन ।

प्रतिक्रिया दिनुहोस